इम्बोस्ड नम्बर प्लेट अब प्रदेशकै नाममा

इम्बोस्ड नम्बर प्लेट अब प्रदेशकै नाममा

काठमाडौं : सरकारले भदौ ९ गतेदेखि शुरु गरेको उच्च सुरक्षा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट प्रदेशकै नामबाट जडान गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विरबहादुर बलायरले व्यवस्थापिका संसदको विकास समितिको छलफलमा साँसदहरुको जिज्ञासा मेटाउँदै यस्तो जवाफ दिएका हुन । 

‘प्रदेशकै नामबाट नम्बर प्लेट जडान हुन्छ’मन्त्री बलायरले भने‘तत्कालको अवस्थामा प्रदेशको नामाङकन भएसम्म प्रदेश नम्बर मात्रै उल्लेख हुन्छ ।’ प्रदेशको नाम आएपछि भने नम्बर प्लेटमा प्रदेश नामसहित नम्बर जडान कार्य अगाडि बढने प्रतिबद्धता मन्त्री बलायरले व्यक्त गरेका छन् ।

बागमती अञ्चलका नामबाट शुरु गरिएको नम्बर प्लेट जडानलाई केहि समय स्थगित गरी नीतिगत सुधार गर्दै प्रदेशका नाममा जाने गरी निर्माण कम्पनी अमेरिकन—बंगलादेश संयुक्त डेकाटुर टाइगरसँग मौखिक सहमति भइसकेको उनले समितिमा जवाफ दिएका छन् । हालसम्म यातायात व्यवस्था बिभागका आठ वटा सवारीमा इम्बोस्ड नम्बर जडान भएको छ भने ७५ जना आवेदकले इम्बोस्ड नम्बर जडानका लागि आवेदन दिएको यातायात व्यवस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराईले समितिलाई अवगत गराएका छन् ।

‘२०१६ को मेमा निर्माण कम्पनीसँग भएको सम्झौता अनुरुप नै नेपाली शब्दको ठाउँमा अंग्रेजी शब्द राखिएको हो’ मन्त्री बलायरले भने ‘पुन नेपाली भाषा नम्बर प्लेटमा राख्न भने सकिदैन ।’

लागत मूल्यको बिषयमा भारत र बंगलादेशसँग तुलना गर्न मिल्ने अवस्था नरहेको भट्टराईले बताए । भारत र बंगलादेशले शुरु गरेको इम्बोस्ड नम्बर नेपालको जस्तो उच्च सुरक्षायुक्त आरएफआइडी (चिप्स स्टिकर) ट्रयाकिङ सिस्टम छैन ।

निर्माण कम्पनीलाई सरकारले एउटा नम्बर प्लेट निर्माण बापत न्युनतम १६ अमेरिकी डलरदेखि १९ डलरसम्म खर्च गरेको छ । त्यसबाहेक पाँच प्रतिशत सेवा शुल्क, भन्सार शुल्क,स्कालेसन मूल्य, निर्माण कम्पनीले प्रयोग गर्ने उपकरण सबै खर्चको लागत निकाली मूल्य निर्धारण गरेको भट्टराईले बताए ।
साँसदहरुले भने टेण्डर प्रक्रियादेखि नै अनियमितता भएको भन्दै आपत्ति जनाएका छन् । नेपाली भाषाको अस्तित्व मेटाउने गरी नम्बर प्लेट जडान शुरु भएको छ । सकेसम्म नेपाली भाषा उल्लेख गर्न साँसदहरुले माग गरेका छन् । 

इम्बोस्ड नम्बर प्लेट जडान भएपनि ट्रयाकिङ गर्ने उपकरण र पूर्वाधारको समेत यथाशिघ्र कार्यान्वयनमा ल्याउन समितिले सरकारलाई निर्देशन दिएको छ। नेपाली भाषाको प्रयोग गर्न सक्ने वा नसक्ने वारेमा एक साता भित्र समितिमा लिखित जवाफ पेश गर्न समेत समितिले निर्देशन दिएको छ ।
सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा दुई पाङग्रे सवारीका लागि २५ सय,तीन पाङग्रेका लागि २९ सय,चार पाङग्रेका लागि ३२ सय र हेबी सवारी साधनका लागि ३६ सय रुपैया तोकेको छ । आम नागरिकले लागत मूल्य,नेपाली भाषा र अञ्चलको नामबाट इम्बोस्ड नम्बर जडानलाई लिएर शंका गरिरहेको वेला मन्त्री बलायरले अरु बिषयमा सुधार गर्न सकिने भएपनि नेपाली भाषा र मूल्यको बिषयमा सरकार पछि हटन नसक्ने समितिलाई जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.