मापदण्ड नपुगेपछि काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज

मापदण्ड नपुगेपछि काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज

काठमाडौ: त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ। बुधबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो। त्रिविद्वारा गठित छानविन समितिले बुधबार विहान मात्रै काठमाडौंको घट्टेकुलोस्थित नेसनल कलेजमा अनुगमन गरेको थियो। छानविन समिलिते अनुगमनका क्रममा कलेजले मापदण्ड पुरा नगरेको प्रतिवेदन त्रिविलाई बुझाएको थियो। 

छानविन समितिका संयोजक सनत देवकोटाले कलेजले कुनै पनि मापदण्ड पुरा नगरेको पाइएको बताए। स्वास्थ्य मन्त्रालयको निर्देशिकामा मेडिकल कलेज सञ्चालनका लागि ३ सय सैय्याको अस्पताल सञ्चालनमा हुनुपर्ने उल्लेख भएपनि नेसनल कलेजको अस्पताल भने सुनसान पाइएको थियो।

अनुगमनमा जाँदा खाली बेडहरु मात्र देखिएको र अस्पताल सञ्चालनका लागि स्वास्थ्यमन्त्रालयसंग अनुमति पनि नलिएको पाइएको संयोजक देवकोटाले बताए।

नेसनल कलेजको सम्बन्धलाई लिएर बरिष्ठ चिकित्सक गोविन्द केसी अनसनमा बसेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बोलाएरै कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिएपनि खनियाँले भने सम्बन्धन स्थगित गर्ने निर्णय गरेका थिए।

त्यसपछि चौतर्फी दवाव झेल्दै आएका खनियाँले नेसनल कलेजबारे छानविनका लागि तीन सदस्यीय समिति गठन गरेका थिए। समितिले बुधबार बिहान अस्पताल अनुगमनपछि त्रिविलाई प्रतिवेदन बुझाएको थियो। समितिको प्रतिवेदन अनसार त्रिविले नेसनल कलेजको सम्बन्धन खारेज गरेको हो।

 डा. केसीले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन भदौ २१ गतेसम्म खारेज नभए पुनः अनशन सुरु गर्ने चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.