उम्मेदवारी दर्तामा बालबालिकाको प्रयोग

उम्मेदवारी दर्तामा बालबालिकाको प्रयोग

राजविराज: तेस्रो चरणको स्थानीय तह चुनावका लागि बुधबार सप्तरीमा भएको उम्मेदवार मनोनयन दर्तामा विभिन्‍न राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गरेका छन्। निर्वाचन ऐन २०७२ ले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गरे पनि मनोनयन दर्ताका लागि निकालिएको जुलुसमा प्रशस्त मात्रामा बालबालिकाको प्रयोग भएको छ।

 

नौ नगरपालिकाको प्रमुख, उपप्रमुख र नौ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित एक सय ६५ वडामा हुने निर्वाचनका लागि विभिन्‍न पदमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्वक र उत्साहपूर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले जानकारी दिए।

बिहान १० बजेदेखि राजविराजस्थित मुख्य निर्वाचन अधिकृत र बाँकी १७ वटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको थियो।

उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो एक बजेदेखि भीड बढेपनि मनोनयन दर्ता कार्य शान्ति पूर्णरुपमा भएको कोइरालाले जानकारी दिए।

सप्तरीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरमले अधिकांश स्थानमा प्यानलै उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति र नेकपा संयुक्त गठबन्धनका उम्मेदवारहरुले पनि विभिन्न स्थानमा उम्मेदवारी दर्ता गरेका छन्। पार्टीबाट असन्तुष्ट दावेदारहरुले केही ठाउँमा स्वतन्त्र उम्मेदवार मनोनयन गरेका छन्।

पाँच बजे अगावै कार्यालयको हाताभित्र प्रवेश गरिसकेका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता गराउनेहरुको भिंड निकै लामो रहेकाले दर्ता प्रकृया राति आठ बजेसम्म भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.