प्रदेश २ मा पहिलो हुन्छौं : राजपा

प्रदेश २ मा पहिलो हुन्छौं : राजपा

काठमाडौं : नयाँ संविधान जारी भएदेखि नै त्यसप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालले तेस्रो चरण स्थानीय निर्वाचनका लागि बुधबार प्रदेश २ का १३६ वटै स्थानीय तहमा उम्मेदवारी दिएको छ । स्वायत्त मधेस प्रदेश, आत्मनिर्णयको अधिकारलगायत १० वर्ष पुराना मागलाई निर्वाचनको एजेन्डा बनाएको राजपाले प्रदेश २ मा पहिलो हुने दाबी गरेको छ ।

 

संविधान संशोधनको आफ्नो मुख्य माग भदौ ५ गते संसद्बाट अस्वीकृत भएपछि पुरानै राजनीतिक मुद्दालाई जनताबाट अनुमोदन गराउने निर्णयसहित राजपा निर्वाचनमा जुटेको हो । सरकारले गत वर्ष साउन १९ गते गरेको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै उसले दुई चरणका स्थानीय निर्वाचन बहिष्कार गरेको थियो । बहिष्कारकै बीच प्रदेश ५ का नेता-कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीभित्र तीव्र विवाद चर्किएको थियो ।

सत्तारुढ दलको बेइमानी र प्रमुख प्रतिपक्षी एमालेको मधेसविरोधी रणनीतिलाई परास्त गर्न उम्मेदवारी दर्ता गराएको शीर्ष नेताहरूले बताएका छन् । ६ सदस्यीय अध्यक्षमण्डलका सबै अध्यक्ष प्रदेश २ कै भएकाले यहाँका अधिकांश स्थानमा जित हासिल गर्ने दाबीसमेत उनीहरूले गरेका छन् । ‘प्रदेश २ हाम्रो जन्मघर हो । त्यसैले हामी पहिलो हुन्छौं', अध्यक्ष महन्थ ठाकुरले भने ।


- प्रदेश २ का सबै तहमा राजपाले दियो उम्मेदवारी
- आन्दोलनका मुद्दा अनुमोदन गराउन निर्वाचन
- १० वर्षअघिका माग प्रमुख एजेन्डा

 ठाकुरले मधेसीको बलिदानपूर्ण संघर्षलाई स्थापित गराउन यो चुनावको उद्देश्य रहेको बताए । उनले भने, ‘मधेस आन्दोलन क्रममा भएको करिब ६ दर्जन मधेसीको बलिदानलाई मतदाताले बिर्सेका छैनन् ।' अध्यक्षमण्डलका नेता राजकिशोर यादवले पुराना माग ब्युँताएर निर्वाचनमा जुटेको बताए । ‘संविधानको मूलधारमा राजपालाई ल्याउन सत्तागठबन्धन र एमाले चुके, राष्ट्रिय एकताबाट पन्छिए', उनले भने, ‘संविधान निर्माण क्रमदेखि दोस्रो संशोधन परिणामसम्मका मुद्दा स्थापित गराउन जनतामाझ गएका हौं ।'

‘करिब ६ दर्जन मधेसीको बलिदानलाई मतदाताले बिर्सेका छैनन् । त्यसैले हामी पहिलो हुन्छौं ।'
- महन्थ ठाकुर, अध्यक्ष, राजपा

अध्यक्षमण्डलकै अर्का नेता राजेन्द्र महतोले मधेसको मुद्दा स्थापित गराउन राजपाले संविधान निर्माणदेखि दोस्रो संशोधन प्रक्रियासम्म खेलेको भूमिका नै जित्ने आधार भएको बताए । मधेसमा ६० प्रतिशत स्थानीय तहमा चुनाव जित्ने दाबी उनले गरे । नेता शरत्सिंह भण्डारीले ९१ प्रतिशतको संविधान भन्दै दाबी गर्नेहरूलाई दोस्रो संशोधन प्रक्रियामा ६४ प्रतिशतले यो संविधान त्रुटिपूर्ण र सर्वस्वीकार्य नभएको जवाफ दिइसकेको बताए ।

उनले भने, ‘संसद्मा ६४ प्रतिशतले संशोधन अपरिहार्य रहेको मत दिनु र भारत भ्रमणक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई स्वीकार्नु नै स्थानीय तहको निर्वाचनमा राजपाको मुद्दा बलियो हुनु हो ।' संसद्‍बाट संशोधन प्रक्रिया पारित नभएसम्म आन्दोलन कायमै राख्ने प्रतिबद्धतासहित चुनावमा होमिएकाले पहिलो हुने दाबी उनले गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.