कांग्रेसमा कुटाकुट, १३ घाइते

कांग्रेसमा कुटाकुट, १३ घाइते

सिरहा: उम्मेदवार चयनसम्बन्धी विवाद बढेपछि सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच कुटाकुट हुँदा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सञ्जयप्रकाश यादवसहित १३ जना घाइते भएका छन्।

 

गम्भीर घाइते भएका जगदीश यादव र जिल्ला पार्टी कार्यालयका सचिव रामबाबु यादवलाई धरान लगिएको छ। सामान्य अवस्थाका घाइतेको उपचार सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको एसपी शेखर कोइरालाले जानकारी दिए।

सिरहा नगरपालिकाका २२ मध्ये चार वडामा अध्यक्ष उम्मेदवार आफ्नो पक्षका व्यक्तिलाई बनाउनुपर्ने अडान जिल्ला सभापति रामचन्द्र यादवले लिएका थिए । सभापति यादव पार्टी सभापति देउवा पक्षका हुन्। तर, पौडेल पक्षका क्षेत्रीय सभापति यादवले पार्टीले निर्णय गरेअनुसार नै टिकट वितरण गर्नुपर्ने बताएका थिए।

उनीहरूबीचको चर्काचर्की झडपसम्म पुगेको थियो । झडपका क्रममा जिल्ला सभापति यादवमाथि पनि हातपात भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

सिरहा नगरपालिकाको मेयरमा पार्टी कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभासचन्द्र यादवले टिकट पाएका छन् । जिल्ला सचिव उपेन्द्र यादव पनि मेयरका आकांक्षी थिए। तर, उनले उम्मेदवारी नपाएपछि कम्तीमा चार वडामा अध्यक्ष उम्मेदवार पाउनुपर्ने अडान लिएका थिए। उनलाई जिल्ला सभापतिले साथ दिएपछि झडप भएको थियो।

मेयरको टिकट पाएका यादव पक्षका कार्यकर्ता आफूमाथि आक्रमणमा उत्रेपछि झडप भएको सभापति यादवले बताए। मेयर उम्मेदवार यादवले भने केन्द्रले उम्मेदवारको टुंगो लगाएर पठाए पनि जिल्ला सभापतिले आफूखुसी गर्न खोजेपछि कार्यकर्ता आक्रोशित हुँदा झडप भएको बताए।

झडपपछि विवाद भने मिलेको जिल्ला नेता नरेश यादवले जानकारी दिए। पार्टीको निर्णयअनुसार नै वडाध्यक्षमा उम्मेदवारी परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.