बिहान चार बजेसम्म मनोनयन दर्ता

बिहान चार बजेसम्म मनोनयन दर्ता

बर्दिबास: महोत्तरीको १५ स्थानीय तहमा अबेर रातिसम्म मनोनयन दर्ता चलेको छ । बुधवार १० देखि सुरु भएको मनोनयन दर्ता बिहीवार बिहान ४ बजेसम्म पनि चलेको थियो ।

राजनीतिक दलहरु बुधवार दिउँसो अबेर गरेर स्थानीय निर्वाचन कार्यालयमा पुगेपछि मनोनयन दर्तामा ढिलाई भएको निर्वाचन कार्यालय बर्दिबासका निर्वाचन कार्यालयका प्रमुख मनिराम न्यौपानेले बताए । गौशाला नगरपालिकामा राति १२ बजे सम्म मनोनयन दर्ता चलेको सुरक्षाका लागि खटिएका डिएसपी शालिग्रााम शर्माले जनाए ।

राजनीतिक दलहरु प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएपनि वडा तहको उम्मेदवार मनोनयन दर्ताको दिनसम्म उमेदवार छनौट गर्न व्यस्त भएपछि मनोनयन दर्तामा ढिलाई भएको हो । जलेश्वर नगरपालिकामा १७ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने, उपमेयरमा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, औरही नगरपालिकामा ११ जनाले मेयर पदमा उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी ९ जनाले औरही नगरपालिकामा उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी भंगहा नगरपालिकाबाट ११ जना मेयर र ९ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । बलवा नगरपालिकाबाट ११ जना मेयर र ८ जना उपमेयरमा उम्मेदवारी दिएका छन् ।

उद्यमान शहर बर्दिवास नगरपालिकाबाट १४ जना मेयरमा उम्मेदवारी दिएका छन् भने ९ जनाले उपमेयमा उम्मेदवारी दर्ता गराएका छन् । पिपरा गाउँपालिकाबाट १२ जना अध्यक्ष र १२ जना उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सोनमा गाउँपालिकाबाट १३ जना अध्यक्षमा उम्मेदवारीमा दर्ता गराएका छन् भने उपाध्यक्षमा ११ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको महोत्तरीका प्रमुख निर्वाचन अधिकारी किरणकुमार पोखरेलले बताए ।

महोत्तरीमा ७२० पदको लागि हजारौंले उमेदवारी दिएका छन् । कहाँ कतिले उमेदवारी दिए भन्ने तथ्यांक संकलन भइरहेको छ । प्रारम्भीक तथ्यांक अनुसार ३ हजार ७ सय ८८ जनाले महोत्तरीमा विभिन्न पदमा उमेदवारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.