बन्द विमानस्थल पुनः सञ्‍चालन गर्न आन्दोलन परिचालन समिति गठन

 बन्द विमानस्थल पुनः सञ्‍चालन गर्न आन्दोलन परिचालन समिति गठन

महेन्द्रनगर: सशस्त्र द्वन्दका समयमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनको माग राख्दै कञ्चनपुरमा आन्दोलन परिचालन समिति गठन गरिएको छ।आन्दोलन परिचालन समितिले बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि चरणबद्व आन्दोलनका कार्यक्रम अघि बढाउने भएको छ।बिहिवार महेन्द्रनगरमा मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि दवाव समूहको सहभागितामा भएको बृहत भेलाले आन्दोलन परिचालन समिति गठन गरेको हो।

 

कञ्चनपुर उद्योग वाणिज्य संघ संयोजक रहने गरी विभिन्न पेशागत संघसंगठन, नागरिक समाज, पेशाकर्मी सहितको समेत सहभागिता रहने गरी आन्दोलन परिचालन समिति गठन भएको हो। बिहिवार भएको भेलापछि गठन भएको आन्दोलन परिचालन समितिले सरकारले नीतिगत रुपमै विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि नबढाएसम्म आन्दोलन नरोक्ने जनाएको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद जोशीले लामो समयदेखी विमानस्थल पुनः सञ्चालनको माग राख्दै आएपनि राज्यले सुनुवाई नगरेपछि कञ्चनपुरका नागरिकले आन्दोलन परिचालन समिति गठन गरेरै आन्दोलनमा उत्रिनु परेको बताए।' हामीले माग राख्दा राख्दा थाकिसकेको अवस्था हो' उनले भने,' सरकारको ध्यान पुग्न नसकेपछि वाध्य भएर नागरिकस्तरबाटै आन्दोलनमा उत्रिन परेको हो।'

आन्दोलन परिचालन समितिले एकहप्ता पछि ठूलो संख्यामा कञ्चनपुरवासीहरुको हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने बताएको छ।भदौ ३० गते बृहत जनसहभागितामा र्‍याली सहित प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएर आन्दोलनका थप कार्यक्रम अघि बढ्ने आन्दोलन परिचालन समितिले जनाएको छ।

'अब नीतिगत रुपले सरकारले प्रक्रिया अघि नबढाएसम्म आन्दोलन रोक्ने सवालै हुदैन्’ अभियानकर्ता एंव पत्रकार खेम भण्डारीले भने, 'सम्भाव्यता नभएको, अनेक खालका समस्या रहेको भन्ने वहानावाजी गरेर विमानस्थल पुनः सञ्चालन हुन नदिने षडयन्त्र हिजो देखी नै भइरहेको, अब सबै नागरिकले षडयन्त्र चिरेर विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाउनुपर्छ।'

विमानस्थलको रन वे कम, रन वे उत्तर दक्षिण भएको, नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई असर पुग्ने लगायतका कारणहरु देखाएर विमानस्थल पुनः सञ्चालन हुनबाट अवरोध पुर्‍याउने काम भइरहेको नागरिकहरुले आरोप लगाएका छन्।

विमानस्थल पुनः सञ्चालन गर्न सकिने÷नसकिने भनि गरिएको सम्भाव्यता अध्ययनले समेत कुनै अवरोध नदेखाएको जानकारहरु बताउँछन्। विमानस्थल पुन सञ्चालनका लागि सरकारलाई सहयोग गर्न एक रुपैया अभियान समेत शुरु गरिने छ।

जिल्ला विकास समितिका पूर्व उपसभापति राजेन्द्र रावलले विमानस्थल पुनः सञ्चालनमा यसै क्षेत्रका नेताहरुले भूमिका नखेलेको बताए।उनले मझगाउँ विमानस्थल सञ्चालनका लागि कुनै अवरोध नभएको भन्दै सरकारले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने बताए।

उनले कञ्चनपुरको शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज र खप्तडसंग जोड्नका लागि समेत कञ्चनपुरको एयरपोर्ट पुनः सञ्चालनमा आउनु आवश्यक रहेको बताए। पर्यटकीय दृष्टिकोणले समेत विमानस्थल पुनः सञ्चालन हुनु आवश्यक रहेको होटल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदिशचन्द्र भट्ट बताउँछन्।

करिब ५३ बिगाहा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थल बन्द भएको १८ वर्ष बढि भइसकेको छ। हाल विमानस्थल गौचरणमा परिणत भएको छ। २०५६ साल पुष २२ गतेका दिन अन्तिम उडानका रुपमा उक्त विमानस्थलमा प्लेन उडेको हो। त्यसपछि बन्द भएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आएको छैन्।

सुरक्षाको कारण देखाएर तत्कालिन समयमा बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि भन्दै परिक्षण उडान समेत धेरैपटक भइसकेका छन्। हरेक पटक फेरिने सरकारका पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले परिक्षण उडान गर्दै आएपनि विमानस्थल पुनः सञ्चालनका लागि अहिलेसम्म सरकारले ध्यान दिएको छैन्। कैलालीको धनगढी विमान स्थलवाट दैनिक ५०÷६० जना महेन्द्रनगरका यात्रुहरुले यात्रा गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.