मध्यपुर थिमि नपाको राजस्व संकलन १९१ प्रतिशतले वृद्धि

मध्यपुर थिमि नपाको राजस्व संकलन १९१ प्रतिशतले वृद्धि

मध्यपुरः मध्यपुर थिमी नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि राजस्व संकलन १९१.१७ प्रतिशतले वृद्धि भएको छ । यसलाई नगरपालिका निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको एकसय दिनको महत्वपूर्ण उपलब्धि भएको दावी गरेको छ ।

जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम सम्हालेको एकसय दिन पूरा भएको अवसरमा बिहीबार आयोजित उक्त कार्यक्रममा मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले उक्त दावी गरेका हुन् ।

‘नगरपालिकामा हामीले नेतृत्व लिएपछि राजस्व संकलन लक्ष्य गरेको भन्दा १९१.१७ प्रतिशतले वृद्धि भएको छ’, प्रमुख श्रेष्ठले भने, ‘यो वृद्धिदर नेपालका सबै स्थानीय तहको तुलनामा सबैभन्दा उच्चका हुनुका साथै ऐतिहासिक कार्य हो ।’

उनका अनुसार नपाले ६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिएको थियो तर १२ करोड ९४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त उपलब्धिसँगै राजस्व संकलनको लागि अनलाइन बिलिंग कम्प्युटर सफ्टवेर प्रयोगमा ल्याइएको प्रमुख श्रेष्ठ बताउँछन् ।

‘नगरवासीले जुनसुकै वडा कार्यालयबाट पनि आफ्नो कर एवं राजस्व दाखिला गर्न सक्ने व्यवस्था गरेका छौं’, उनले थपे, ‘त्यस्तै नपा परिसरभित्रै राजस्व संकलनको लागि बैंक काउन्टर स्थापना प्रक्रिया अघि बढाइएको छ ।’
नपामा जनप्रतिनिधिहरु आएपछि भएका उल्लेखनीय कार्यहरुमा नगरवासीहरुको लागि खानेपानी व्यवस्था भएको प्रमुख श्रेष्ठले सुनाए । नगरवासीलाई पर्याप्त खानेपानी वितरण हुन नसके पनि खानेपानी वितरण कार्यतालिका नगरवासीलाई उपलब्ध गराउनु पनि उपलब्धि भएको उनको भनाइ थियो ।

‘विगत लामो समयदेखि रोकिएका नाचगान तथा जात्राहरु हाम्रै पहलमा यसवर्षदेखि सुरु भएका छन्’, प्रमुख श्रेष्ठले भने, ‘जनप्रतिनिधिहरुकै अगुवाइमा ११ वर्षसम्म नभएको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रा, २५ वर्षसम्म रोकिएको वाननीको महाकाली नाच, १९ वर्षसम्म रोकिएको सलाँचा नाच सञ्चालनमा आएको छ ।’ प्रमुख श्रेष्ठले संस्कृति संरक्षण तथा सम्बद्र्धन आफूहरुको एकसय दिनेको दोस्रो महत्वपूर्ण उपलब्धि भएको दावी गरे ।

उनले अशक्त ज्येष्ठ नागरिकहरुलाई घरघरसम्म पुगेर सामाजिक सुरक्षा भत्ता पु¥याउने, नगरको सफाइमा नीतिगत व्यवस्था गरी स्रोतबाटै फोहरमैलाको व्यवस्थापन सुरु हुनु र विकास निर्माण स्थानीयले गर्नुपर्ने २० प्रतिशत रकमको ठाउँमा श्रमदानको व्यवस्था पनि जनप्रतिनिधिहरुको एकसय दिन पूरा भएको महत्वपूर्ण उपलब्धि भएको सुनाए ।

मध्यपुर थिमि नपाको पहिलो नगर सभाले ७३ करोड ९८ लाख ८९ हजार रुपैयाँको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको थियो । उक्त नीति तथा कार्यक्रम र बजेटअनुसार नपाका नौवटा वडालाई एक करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बताइन् ।

उनका अनुसार स्वीकृत नीति तथा कार्यक्रम र बजेटअनुसार नगरभित्र भौतिक पूर्वाधार विकास लागि ३० करोड २५ लाखबाट वडा तहमा दुई सय ९०, नगरस्तरीय ठूला पूर्वाधार विकासका ४४ वटा, सडक बोर्डअन्तर्गत १६ वटा र आकस्मिक योजना ५० गरी कूल चार सय योजना स्वीकृत भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.