समृद्ध वीरगन्ज हाम्रो कार्यभार

 समृद्ध वीरगन्ज हाम्रो कार्यभार

 

प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका छन् ।असोज २ गते हुने स्थानीय तहको ते श्रो चरणको निर्वाचन कार्यकतालिका अनुसार बुधबार राति अबेर सम्म चलेको मनोनयन दर्तामा वीरगन्ज महानगरपालिकाको मेयरका लागि ३५ जनाले र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्जमा अन्नपुर्ण पोटले आयोजना गरेको अन्नपूर्ण पोष्ट राउण्ड टेबलमा वीरगन्ज महानगर पालिकाको मेयर र उपमेयरका उम्म्मेदवारका साथै राजनीतिक दलका नेता , सांसद , उद्योगी व्यपारीहरुको सहभागीता रहेको थियो।

 अजय द्विवेदी, मेयरका उम्मेदवार , नेपाली काँग्रेस : काँग्रेसको इतिहास ,वर्तमान र भविष्यको आधार नै मेरो विजयको सुनिश्चितता हो । काँग्रेसको नेतृत्वमा वीरगन्जको सर्वाङगीण विकास र संविधान कार्यान्वयन गर्न मैले मेयरमा उम्मेदवारी दिएको हु ।वीरगन्ज महानगरको विकासले यहाको मात्र नभइ सीमा पारी रक्सौल र छिमेकको बारा जिल्लाको विकासमा प्रभाव पार्छ । पछिल्लो समय वीरगन्ज महानगरपालिका थपिएका ग्रामीण भेगका साविकका गाविसहरुलाइ शहरको रुपमा विकास गरेर महानगरमा जोडने , वीरगन्ज महनगरको सरसफाइ, खानेपानी , शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनु नै मेरो चुनावी एजेण्डा हो ।

 

हुन त अरु उम्मेदवारहरुले पनि वीरगन्ज महानगरलाइ आुधनिक शहर बनाउछु भनेका छन् तर भनेर मात्रै वीरगन्ज महानगर आधुनिक शहर बन्दैन , जब सम्म महानगरमा पछि थपिएका ग्रामीण भेगहरुलाइ शहरका रुपमा विकसीत गर्न सकिदैन तब सम्म वीरगन्ज आधुनिक शहर बन्न सक्दैन , यो नै मेरो चुनावी एजेण्डा हो । वीरगन्जलाइ असली महानगर बनाउन ठूलो चुनौती छ तर सम्भावनाहरु पनि उत्तिक्कै छन् । म लोकतन्त्र र जनता प्रति निष्ठावान नेता हु । अजय द्विवेदीले जे बोल्छ त्यो गर्छ भन्ने कुरा जनतालाइ थाहा छ त्यसैले चुनावमा वीरगन्ज महानगरका मतदाताले मलाइ मत दिएर विजयी बनाउछन् भन्नेमा म ढुक्क छु ।

 विजय सरावगी , मेयरका उम्मेदवार , संघीय समाजवादी फोरम नेपाल : मेरो पहिलो प्राथमिकता वीरगन्ज महानगरवासीको आधारभूत आवश्यकता पुरा गर्ने हो । दो श्रो प्राथमिकता भनेको वीरगन्ज महानगरलाइ गन्तव्यको शहर बनाउने हो । ते श्रो प्राथमिकता भनेको वीरगन्ज शहरलाइ स्याटेलाइट सिटीको रुपमा विकसीत गरेर यो शहरलाइ मान्छे बस्न लायक शहर बनाउने हो । यदि म मेयरमा निर्वाचित भए भने लगानी भित्रयाउने वातवरण बनाउनुछु । किन कि आज प्रत्येक दिन रोजगारीको अभावमा हरेक दिन १७ सय युवा जनशक्ति विदेश पलायन भइरहेका छन् ।

वीरगन्जमा पनि बरोजगारीको समस्या छ । त्यसैले विदेश पलायन भइरहेका उर्जावान युवा शक्तिलाइ पलायन हुनबाट रोक्न मुलुकमै रोजगारीको सृजना गर्नु पर्छ र त्यो काम मैले गर्छु । विगतमा नेतृत्व गरेका दल र नेताले वीरगन्जमा ५० वर्षमा गर्न नसकेको विकास मैले पाँच वर्षमै गर्छु । यहाको शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि कम से कम स्नातक तह सम्मको शिक्षालाइ निशुल्क गर्ने , बालिका र किशोरीहरुलाइ विद्यालय र कलेज सम्म जानका लागि आवश्यक वातावरण बनाउने मेरो चाहना हो । मेरो सपना र चाहना भनेको भ्रष्टचारमुक्त र समृद्ध वीरगन्ज बनाउनु नै हो ।मेयरमा निर्वाचित भएपछि वीरगन्जलाइ अहिलेको दुरावस्थाबाट मुक्त गरि नगरवासीको जनजीवनमा कायापलट हुने गरि परिवर्त ल्याछु । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदका परिवारको सम्मान पनि मेरो प्राथमिकतामा छ । वीरगन्ज महानगरलाइ देशमा मात्र नभइ विदेशमा पनि समृद्ध शहरको पहिचान दिलाउछु ।

 बसरुद्धिन अन्सारी, मेयरका उम्मेदवार , नेकपा एमाले : मेयरका सबै उम्मेदवारले वीरगन्जको विकासलाइ नै एजेण्डा बनाएका छन् मेरो पनि पहिलो प्राथमिकताको एजेण्डा भने वीरगन्जको विकास नै हो । म अरु जस्तो धेरै ठूला गर्दिन , यो महानगरका लागि चाहिने आधारभुत आवश्यकताहरुको व्यवस्था नै मेरो पहिलो प्राथमिकता हो । अहिलेको वीरग्नज महानगरको दुर्गती सबैका सामु छर्लङ नै छ । वीरुगन्ज महानगरलाइ अब काम गर्ने होइन काम गराउन सक्ने कुशल र असल म्यानेजरको आवश्यकता छ । र त्यो कुशल र असल म्यानेर भनेको एक मात्र बसरुद्धिन अन्सारी हो भनेर नगरवासीले थाहा पाइ सकेका छन् ।

यही कुरा बुझेर नै एमालेलाइ मलाइ उम्मेदवार बनाएको हो ।वीरगन्ज महानगरको मतदाताको चाहना र वीरगन्जको आवश्यकताका लागि मैले मेयरमा उम्मेदवारी दिएको हु । सुन्दर, स्वच्छ, सम्बृद्ध र हराभरा महानगरका रुपमा वीरगन्जलाइ बनाउनु मेरो सपना हो । वीरगन्ज महानगरलाइ स्वच्छ , सुन्दर र हराभर शहर बनाएर देशकै उत्कृष्ट महानगरका रुपमा विकास गर्नु नै मेरो पहिलो चुनावी एजेण्डा हो । अहिले वीरगन्जमा म प्रति देखिएको जनलहरले पनि मेरो विजय सुनिश्चित गरिसकेको छ ।

 रहबर अन्सारी, मेयरका उम्मेदवार , नेकपा माओवादी केन्द्र : परिवर्तन र विकासका लागि वीरगन्ज महनगरको मेयरमा मैले उम्मेदवारी दिएको हु । सम्बृद्ध वीरगन्ज मेरो सपना हो । वीरगन्ज महानगरमा रहेका विकासका सम्भवनाहरु निर्जीव अवस्थामा छन् । ती सम्भवनाहरुलाइ जीवन्त पार्नु र वीरगन्ज महानगरलाइ गतिशील बनाउने मुद्धा मेरो प्राथमिकतामा रहेको छ । वीरगन्ज महानगरलाइ मुलुककै एक नम्बर महानगर बनाउने मेरो चुनावी एजेण्डा हो । यो महानगरको विकासका सवालमा जुन जटीलताहरु अहिले सम्म ल्याइयो वा देखाइयो ती जटीलताहरु तोडेर वीरगन्जको चौतर्फी विकास र नगरवासीको जनजीवनलाइ सहज र सरल बनाउनु मेरो चाहना हो ।

हुन त मलाइ मेरो उमेरको विषयलाइ लिएर केहि दल र उम्मेदवारले राजनीतिमा कच्चा खेलाडीका रुपमा अफवाह फैलाइरहेका छन् तर म भन्छु समयले कोल्टे फेरि सकेको छ , वीरगन्जले परिवर्तन चाहेको छ , वीरगन्जको राजनीतिमा अब पुराना राजनीतिक खेलाडीहरुको दिनगन्ती शुरु भइसकेको छ , अबको राजनीति भनेको नयाँ खेलाडीको हातमा आइसकेको छ ।

 राजेशमान सिंह , मेयरका उम्मेदवार , राजपा : वीरगन्ज महानगरका जनताले बुझिसकेका छन् जनताको काँधमा काँध मिलाएर हरेक सुखदुखमा २४ सै घण्टा साथ दिने एक मात्र नेता राजेशमान नै हो । वीरगन्ज महानगरको विकास सवालमा कुरा गर्ने हो भने शान्त , सुन्दर र सम्मुनत वीरगन्ज राजपाको परिकल्पना हो । तर यो तब सम्म सम्भव छैन जब सम्म यहाबाट विदेश पलयान भइरहेका उर्जाशील युवा जनशक्तिलाइ पलायन हुनबाट रोकिदैन । वीरगन्ज्मा युवाका लागि बरोजगारीको समस्या चरम सीमामा पुगेको छ ।

मेरा लागि युवा उर्जाका श्रोत पनि हुन् । युवाहरु मेरा निकटका मित्र शक्ति पनि हुन् । त्यसैले फेरि पनि भन्छु जब सम्म युवाका लागि रोजगारीको व्यवस्था हुदैन तब सम्म वीरगन्जको विकास सम्भव हुदैन । धेरै ठूला गरेर केहि हुनेवाला छैन । वीरगन्जमा युवाका लागि रोजगारीको सृजना गर्नु पर्छ । मरो पहिलो प्राथमिकता भनेकै रोजगारी नपाएर विदेश पलायन भइरहेका युवा शक्तिलाइ रोक्न वीरगन्जमै रोजगारीको सृजना गर्नु हो । यसका साथै ग्रेटर वीरगन्जको अवधारणालाइ साकार पार्नु पनि मेरो सपना हो । यहाका जनताले यो पनि बुझेका छन् कि राजपाको टिम कुरा गरेर भन्दा पनि गरेर देखाउने टिम हो । त्यसैले जनताले राजपालाइ नै भोट दिन्छन् म ढुक्क छु् ।

रम्भा मिश्रा , उपमेयरकी उम्मेदवार, नेपाल लोकतान्त्रिक फोरम : वीरगन्जमा जे जति विकास निर्माणका काम भएका छन् अहिलेका हाम्रा मेयरका उम्मेदवार विमल श्रीवास्तव मेयर भएकै बेलामा भएका हुन् । तर त्यस बेला निर्माण गरिएका वीरगन्जका ऐतिहासीक एंव पर्यटकीइस्थलहरु भने अहिले खण्डहर बन्दै गएका छन् । व्यवस्थित वीरगन्ज आज फेरि कुरुप बनेको छ । हाम्रो पहिलो प्राथमिकता नै वीरगन्जलाइ पहिलाको भन्दा पनि आधुनिक र विकसीत शहर बनाउने नै हो ।यसका साथै म महिला पनि हु । महिलाको सवाल मेरो प्राथमिकतामा छ ।

 अनिल रुङगटा , सांसद : हुन त वीरगन्ज उपमहानगरबाट महानगरमा स्तरोन्नत्ती भएपनि यो महानगर बेहालको अवस्थमा छ । यहाको सडक , ढल , नाला मात्र नभइ शिक्षा , स्वास्थ्य सबै अस्तव्यस्त छ । समग्रमा भन्ने हो भने वीरगन्ज अव्यस्थित शहर बनेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधी नभएका कारण २० वर्ष देखि वीरगन्ज शहरको समस्या सम्बोधन हुन सकिरहेको छैन । तर अब स्थानीय तहको निर्वाचन हुदैछ । त्यसैले महानगरवासीले निक्कै ुझबुझका साथ आफनोृ जनप्रतिनिधी चुन्नु पर्छ । भोट हाल्दा हाम्रालाइ नभइ राम्रा उम्मेदवारलाइ छान्नु पर्छ । मलाइ विश्वास छ यहाका मतदाताले परिपक्व, अनूभवी र असल राजनीतिकर्मीलाइ नै चयन गगर्ने छन् ।

ओम प्रकाश शर्मा , अध्यक्ष , वीरगन्ज उद्योग वाणिज्य संघ : वीरगन्जले ७० प्रतिशत राजश्व उठाएर राज्यलाइ दिदै आएको छ तर राज्यले वीरगन्जका लागि केहि गर्न सकेको छैन । यहा जे जति विकास भएका छन् नीजी क्षेत्र र यहाका स्थानीयले नै गरेका छन् । वीरगन्ज वर्षौ देखि बेहालमा बाँची रहेको छ । तर अहिले सम्म यहाको राजनीतिक नेतृत्वले माखो मार्न सकेको छैन । 

वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज शहरको विकासका लागि निरन्तर रुपमा आवाज उठाउदै आइरहेको छ । संघले विगत १५ वर्ष देखि ग्रेटर वीरगन्जको अवधारण , अन्त्राष्ट्रिय विमानस्थल , ६ लेनको सडक विस्तार ,औद्योगिक कोरिडोरलाइ लोडसेडिङ मुक्त जस्ता कुराहरु उठाउदै आएको छ । तर आज मेयरको दाबेदारी गरि चुनावी मैदानमा उत्रिएका नेताहरुले अहिले सम्म यी मुद्धाहरुका बारेमा हिजोको दिनमा एक शब्द पनि बोलेनन् । अब आशा छ अबको चुनावबाट जितेर आउने जनप्रतिनिधीहरुले वीरगन्जसंग सरोकार राख्ने यी मुद्धाहरुलाइ ध्यान दिनेछन् ।

प्रस्तुती : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.