नेपाली र भारतीयलाई एउटै शुल्कमा उपचार गर्ने अपोलो अस्पतालको घोषणा

नेपाली र भारतीयलाई एउटै शुल्कमा उपचार गर्ने अपोलो  अस्पतालको घोषणा

काठमाडौं : स्वास्थ्य पर्यटन क्षेत्रमा ख्याती प्राप्त भारतको अपोलो अस्पतालले नेपालीलाई पनि भारतीय बिरामीबाट लिने शुल्कै मै गुस्तरीय उपचार गर्ने घोषणा गरेको छ । अस्पतालका चिफ अप्रेटिङ अफिसर गगन सेहगलका अनुसार नेपाल र भारतबीच गहिरो सम्बन्ध रहिआएकाले नेपालीलाई पनि उपचार शुल्कमा एकरुपता ल्याइएको हो । सेहगल लगायत अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक नेपाल मै आएर नेपाली बिरामीलाई पनि सस्तो र स्तरीय उपचार दिने प्रक्रियालाई निरन्तरता दिन चाहेको बताए ।

 

‘नेपाल र भारतबीच सदियौं देखि सामाजिक, सांस्कृतिक, आर्थिक लगायत हिसाबमा गहिरो सम्बन्ध छ । नेपाली हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । हामी सबैभन्दा नजिक पनि छौं । खुल्ला सीमानाले अझ नजिक हुन सयोग गरेको छ । त्यसैले हामीले दिने सेवा शुल्क भारतीय र नेपालीको एउटै दिइने छ’, राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘रोग लागेर उपचारको अभावमा कुनै नेपालीले पनि ज्यान गुमाउन नपरोस भन्ने चाहना छ ।’

सेहगलका अनुसार नेपाली बिरामीलाई रजिस्ट्रेसन शुल्क पनि मिनाह गरिएको छ । नेपाली बिरामीको सहजताको लागि काठमाडौंको नक्सालमा रहेको अपोलोको सुचना सेन्टरलाई विकास गर्ने योजना रहेको समेत चिकित्सकलेब बताएका छन् । अपोलो अस्पताल ग्रुपलेले सन् १९९६ सञ्चालनमा ल्याएको यो अस्पताल भारतको तेस्रो विषय विशेषज्ञको सेवा प्रदान गर्ने अत्याधुनिक सुविधासम्पन्न अस्पताल हो ।

अपोलो अस्पतालमा एसियन, अफ्रिकनलगायत मुलुकबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.