बीपीवादको कन्तबिजोग

बीपीवादको कन्तबिजोग

बीपी कोइरालाले राष्ट्रिय अस्तित्व र अखण्डतालाई जहिल्यै र जस्तोसुकै व्यक्तिगत र पार्र्टीगत संकटापन्न अवस्थामा पनि सौदाबाजी गर्नु भएन । कोइरालाले शक्ति, सत्ता, सरकार र सम्पत्तिप्राप्ति जस्तो तुच्छ विषयसित देशको अखण्डतालाई जोख्नु भएन । कोइरालाले भातको भन्दा समुन्नत, सुरक्षित र सुन्दर भविष्यका लागि सोच्नु र व्यवहार गर्नुभयो । पृथ्वीनारायण शाहलाई एउटा राजाका नाताले सुखभोग गर्न कुनै खाँचो थिएन ।

Badrai-Bisal-Pokharelउहाँलाई व्यक्तिगत रूपमा नेपाल एकीकरण अभियानमा ज्यानको बाजी लगाएर लाग्नु कुनै जरुरी पनि थिएन । लेन्डुपहरूले शाहलाई जतिसुकै सरापे पनि उनैको अगुवाइमा निर्माण भएको गौरवशाली यस भूभागमा स्वाभिमानका साथ तिनले उभिन पाएका छन् तथापि तिनले लाजसरम पचाएर शाह र तिनका सहयोद्धा तमाम नेपाली सपूतहरूलाई सरापिरहेका छन् । शाहको उद्देश्य भावी सन्ततिलाई विशाल नेपाल नासोस्वरूप हस्तान्तरण गर्नु थियो । शाहले भाइअंश गर्नुपर्छ भन्ने सहोदर भाइहरूलाई समेत लघारे ।

ठीक त्यस्तै सोच राखेर नेपालको स्वाधीन, स्वतन्त्र र सार्वभौमसत्ताको सुरक्षाका खातिर बीपी कोइराला बरु आफैं मर्न र मिट्न तयार हुनुभयो, तर उहाँले देशको माटो मुठीमा लिइरहनुभयो अर्थात् बीपीले माटोलाई राष्ट्रवादको सघन बिम्ब प्रतीक मान्नु भएको थियो । कतिपय लेखक र बुद्धिजीवीहरू नै ओलीको राष्ट्रवादलाई खिल्ली उडाउन खोजेर त्यही घानमा बीपीको राष्ट्रवादलाई हालेर जाँतोले पिसेर खान उद्यत देखिन्छन् ।

 

तिनले महाकाली सन्धिमा नेपाल ठगिँदा ठगिँदै पनि नेपाल र नेपाली हकहितलाई लिपिबद्ध गरिएको देखेनन् । महाकाली नदीलाई साझा नदी कायम गरिएको पनि तिनको आँखोले देखेन । त्यसबेला गरिएको तमसुकअनुसार काम भए÷नभएको हेर्न र पुनरावलोकन गर्न सकिने व्यहोरा लिपिबद्ध गरिएको पनि तिनले भन्नु÷सुन्नु हुँदैन ।

जुनसुकै नेपाली शासक वर्ग र व्यक्तिले गरेका जे जति पनि राष्ट्रवादी काम कारबाहीलाई उपेक्षा गर्न मिल्दैन, तर यो कुरा कतिपय कांग्रेसले बुझेन । कतिपय कांग्रेसीले आकासतिर फर्केर थुक्दा आफैंले थुकेको थुक आफ्ना थाप्लामा परेको देखेनन् । तिनले पूर्व राजा महेन्द्र शाहको नेतृत्वमा भए÷गरेका कतिपय राष्ट्रहितका दर्जनौं कामलाई महेन्द्रीय राष्ट्रवाद भनेर निरन्तर धारेहात लगाएर सरापिरहेका छन् । जंगबहादुर राणाले बेलायत भ्रमणपछि त्यहाँको सिको गरेर जंगेपिलर नलगाएको भए यो देशको दक्षिण सीमा कति खुम्चिन्थ्यो होला ? उनले दक्षिण सीमामा जंगेपिलर लगाएको हुँदा बुद्ध नेपाल सरहदमा परेको विषयलाई पनि सराप्ने कांग्रेसलाई के भनौं ?

परस्परविपरीत स्वार्थका दुई मुलुकसित करिबकरिब समदूरीको सिद्धान्त अपनाउँदै नेपालको अखण्ड अस्तित्व अनन्तकालसम्म कायम राख्ने जुन दूरदर्शी उच्च उदात्त राष्ट्रवादी चिन्तन नै बीपीवादको गुह्य अन्तर्य हो । यही विषय र सन्दर्भलाई मूलमियो बनाएर नेपालको समग्र र सन्तुलित उत्थानको दृष्टिकोणको ठोस रणनीति बीपीवादको सार हो ।

केही दिनअघि संविधान सभामा कांग्रेस नेता प्रदीप गिरीका संविधान संशोधन विषयमा गरेका उत्तेजनात्मक सबालको जवाफमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले देशको यो संगीन घडीमा कांग्रेससित बीपीले भनेझैं माटो, मुटु छ कि छैन भनी कटाक्ष गर्नुभयो । त्यसैले बीपीवादलाई नेपाली सन्दर्भमा राष्ट्रवाद पनि भन्न सकिन्छ ।

राजनीतिक आन्दोलनका आरम्भिक दिनमा कोइरालाले राजनीतिक व्यवहारिक अनुभव अभावको सोझो मनले भारतीय कांग्रेस र त्यहाँका समाजवादी दललाई निःसर्त समर्थन गरेजस्तो देखियो तर २००७ सालमा दिल्लीमा भएको सहमतिदेखि नै बीपी कोइराला दिल्लीदेखि झस्केको हुनुपर्छ । यस सम्झौतामा कांग्रेस पनि रहेको जुन चर्चा चलाइयो, त्यो वास्तविक थिएन । जब जबाहरलाल नेहरूलगायत भारतीय नेताहरूले नेपाल र नेपाली प्रजातान्त्रिक स्वाभिमानी नेताप्रति खोटो व्यवहार गरेपछि कोइरालामा स्वाभिमानको चेत जवर्जस्त जागृत भएको पाइन्छ ।

२००८ सालमा मोहनशमशेरले प्रधानमन्त्रीबाट राजीनामा गर्न बाध्य बनेपछि नेहरूले स्वाभिमानी चेतका बीपीलाई प्रधानमन्त्री बनाउन चाहेनन् । भारतीय शासकको अनुकूल भएकाले मातृकाप्रसाद कोइरालालाई नेहरूले प्रधानमन्त्री बनाउन समर्थन गरेको तथ्यबाट अवगत हुन्छ । ०१५ सालमा प्रधानमन्त्री भएपछि बीपीलाई औपचारिक चीन भ्रमणमा नै नजान समेत नेहरूले भनेको तर एउटा स्वतन्त्र मुलुकको प्रधानमन्त्रीले चीन भ्रमणमा जानैपर्ने बीपीले अडान लिएपछि नेहरूले आफ्नो ठाडो निर्देशन गरेअनुसारको विषय मात्र चिनियाँ नेता र निकायसित उल्लेख गर्न बीपीलाई भने । यस कुरालाई तत्काल प्रतिवाद नगरे पनि कोइरालाको स्वाभिमानमा यसले अर्को चोट परेको देखिन्छ ।

राष्ट्रवादी चेत हुने सबकोहीलाई बीपीलाई झैं चोट पुग्छ तर लेन्डुपहरू यसैमा गर्व गर्छन् । त्यसपछि पनि चीन भ्रमणमा जाँदा जवाहरलाल नेहरूबाट सोझो रूपमा परिचालित गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई चीन भ्रमणको प्रतिनिधिमण्डलमा नलैजान कोइरालाको किचन क्याबिनेटले सल्लाह दिएको देखिन्छ । तर कोइरालाले उपाध्यायलाई प्रतिनिधिमण्डलमा सामेल गरेर चीन भ्रमणमा गए पनि उनलाई छक्याएर कोइरालाले माओत्सेतुङसित गम्भीर वार्ता गरेर सगरमाथासम्बन्धी सीमा विवाद नेपालको हितमा समाधान गर्नुभयो ।

०१६ सालमा जुम्ला जिल्लास्थित उत्तरी सीमामा चिनियाँ सेनाबाट नेपाली सैनिक जवान मारिएको विषयमा बीपीको अडानका कारण क्षतिपूर्ति र माफीसमेत माग्न चिनियाँ पक्षले मागेको देखिन्छ र यही विषयलाई आधार बनाएर जवाहरलाल नेहरूले उत्तरी हिमालसम्म हाम्रो सीमा हो भन्दा त्यसको कूटनीतिक प्रतिवाद स्वयं बीपीले गर्नु भएको थियो । अनि यही विषयमा भारतीय संसद् भवनमा नेहरूले कूटनीतिक रूपमा माफी मागेको अध्ययनबाट अवगत हुन्छ । त्यति मात्र होइन जब निर्वासित जीवन बिताइरहेका बीपीले सिक्किमलाई भारतले हडपेको स्थितिलाई गम्भीर रूपमा अध्ययन र मनन गर्नुभयो ।

भारतीय शासकले छिमेकका आन्तरिक अन्तर्विरोधमा अनावश्यक फोहोरी खेल खेलेर नेपालमा समेत फुटाउ र शासन गरको नीति अख्तियार गरेको बीपीले बुझ्नुभएको थियो । कोइरालाले नेहरूको नेपाल नीति र अझ इन्दिरा गान्धीको नेपाल र नेपालीप्रतिको कुटकलुषित नीति राम्ररी बुझ्नु भएको देखिन्छ । यिनै कारणले गर्दा दर्जनौं मुद्दा लागेर फाँसीमा जानुपर्ने अवस्थामा पनि बीपी मेलमिलापको नीतिका साथ नेपाल आउनु भएको देखिन्छ । नेपाल जस्तो देशले राजादेखि रङ्कसम्मको सुदृढ एकताले मात्र यस देशको अखण्डताको सुरक्षा गर्न सकिन्छ भन्ने राम्ररी बुझ्नु भएको थियो । त्यसका लागि उहाँले राजाको घाँटीमा आफ्नो घाँटी जोडिएको कुरा उल्लेख गर्नुभयो जस्तो लाग्छ ।

तर नेपालका राजाहरूले यस खालको दूरदर्शी सोच देखेनन्,बुझेनन् । सत्ता, शक्ति, स्वार्थ र सुखभोगका लम्पट राजा र राजतन्त्रले उल्टो आफूले आफ्नोसहित नेपाल पुर्ने खाल्टो खने । जननेता मदन भण्डारीले पनि यिनै कुरा बुझेर खोपीको देउता भएर बस्न राजालाई आग्रह गर्नु भएको थियो । बीपी बरु नेपालका कम्युनिस्टहरूप्रति विराग भाव राख्नु हुन्थ्यो । सशस्त्र विद्रोहबाहेक अरू कुनै बाटो नदेख्ने उग्रवादी धङधङीका कारण कम्युनिस्टप्रति उहाँ आजीवन सकारात्मक हुनु भएन । तर वास्तवमा कार्लमाक्र्सले घोषणापत्रमा नै लेखेको कम्युनिस्ट पार्टीमा हतियारमोह पटक्कै थिएन ।

अहिले फुकुमायावादी देखिने कतिपय भुलेभड्के लेखकहरूले माक्र्सवाद राम्ररी अध्ययन गर्नु जरुरी देखिन्छ । माक्र्सवादको सिर्जनात्मक व्याख्या गरिएको जनताको बहुदलीय जनवाद पढ्ने अवसर पाउनुभएको भए बीपी नै पनि कम्युनिस्टहरू प्रति आग्रही हुनु हुन्थेन जस्तो लाग्छ । भारत नेपालमा राजनीतिक तथा सांस्कृतिक जरासमेत एकएक गरी उखेलेर नेपाललाई किस्ता-किस्तामा विखण्डित गर्ने कपटपूर्ण खेल खेलिरहेको बीपीले बुझ्नुभएको थियो ।

अहिले संविधान संशोधनको नाममा भारत र तिनका मतियारले गर्न खोजेको काम नै यही हो । भारतले नेपाली राजा र राजपरिवार समेतका बीचको आन्तरिक अन्तर्विरोधलाई चर्काएर चिरा पारिरहेको पनि बुझ्नु भएको थियो । यसैको पछिल्लो परिणाम दरबारमा भएको आम नरहत्या हो, अनि यसको उपसंहार कार्य राजतन्त्रको समूल समाप्ति हो ।

तत्कालीन माओवादी पार्टीले राजा र राजतन्त्रले गरेको भन्दा बढी नै सेवा र सहयोग हामी गर्छौं भनेर बाचा गरेपछि भारतीय सत्ता र सरकारको सहयोगमा बाह्यशक्तिको इसारामा राजतन्त्रको अन्त्य भएको स्पष्ट हुन्छ । तर बीपी कोइराला भँडार खनेर आँगन पुर्ने दुष्कर्ममा कहिल्यै लाग्नु भएन । उहाँ देशभित्रको विवाद, विद्वेष र विषमता हामी आफैं समाधान गर्छौं भनेर विचारमा दृढ देखिनु भयो । यस विषयमा कुनै तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्ने मान्यतामा बीपी प्रतिबद्ध देखिनुभयो ।

उहाँलाई राष्ट्र र राष्ट्रियता मुटुभन्दा बढी प्यारो थियो तर अहिले त बीपीको राष्ट्रवादको धज्जी यसका सभापति शेरबहादुर देउवाले नै उडाइरहेका छन् । भारत भ्रमणमा संविधान संशोधन विषयमा देउवाले गरेको र बोलेको विषय सरासर देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानविरुद्ध हो । अझ प्रदीप गिरीले लेन्डुप शैलीमा भारतीय चर्चित पूर्व सांसद् मणिशंकर ऐरसित भारतले नेपालमा हस्तक्षेप गरोस् भने । भारतीय शासकले नेपाललाई अधीनस्थ बनाउन खोजेको नियतलाई सम्पूर्ण नेपालीको एकता वा मेलमिलापले नै असफल पार्छ । यही नेपाल नेपालीको अमोघ अस्त्र हो । यही कुरा बुझेर बीपीले मेलमिलाप नीति लिएको देखिन्छ ।

बीपीवादको सार्वभौम र महत्वपूर्ण पक्ष भनेको नेपालको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको संरक्षण नै हो

०३४ सालमा नेपाल आउँदा बीपी जेल पर्नु भयो । जेलमा रहँदा पनि तत्कालीन राजा वीरेन्द्र शाहलाई के सन्देश छ हामी पुर्‍याइदिन्छौं भनेर केही पूर्वपञ्च र तत्कालीन दरबारिया शक्ति र व्यक्तिले नभनेका होइनन् । तर बीपीले बिचौलियाका भरमा परेर समस्यालाई गम्भीर बनाउन चाहनु भएन । ०३६ सालमा बीपीको निवास जयबागेश्वरीमा एक अमुक व्यक्ति गएर नेपालबाट राजतन्त्र हटाइदिन्छौं र तपाईंलाई नेपालको पहिलो राष्ट्रपति बनाइदिन्छौं पनि नभनेका होइनन्, तर बीपीले विदेशीको प्यादा बन्न चाहनु भएन ।

किनकि सिनेमामा देखाए झैं राजनीतिक प्यादाको मालिकले अह्राएअनुसार राम्रो गरे पनि नराम्रो गरे पनि कुनै भविष्य हुँदैन । बरु पूर्व राजा वीरेन्द्र शाहसित सरसल्लाह गरेर जनमतसंग्रहको आकस्मिक घोषणा भएको सर्वविदित नै छ । प्रजातान्त्रिक समाजवादी ध्येय उद्देश्यका साथ यस देशको अखण्डता, सार्वभौमसत्ता, स्वाधीनताको संरक्षण संबर्धन र देशको जातीय सद्भाव कायम र सुदृढ बनाउन गरेको आजीवन समर्पण अविस्मरणीय देखिन्छ । भिन्नभिन्न वैचारिक राजनीतिक धारणाका दुई ठूला मुलुकका चेपको यस देशलाई दुवै छिमेकीलाई सन्तुलनमा राखेर देश र जनताको उत्थान गर्ने कुरामा पनि बीपी सचेत र सतर्क हुनुहुन्थ्यो र यस काममा उहाँ सफल पनि हुनुहुन्थ्यो ।

त्यसैले बीपीका समग्र विचार, मान्यता र त्यसअनुसारका कार्यशैलीलाई सूक्ष्म अध्ययन गर्दा पंक्तिकारले बीपीवाद भन्न खोजेको छ । बीपीवादलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रवादी र सामाजिक सद्भाव जस्ता महत्वपूर्ण आधारमा अध्ययन गरेको छ । फरक विचारको पंक्तिकारले बीपीको सैद्धान्तिक मान्यताबाट हेर्दा उहाँमा राष्ट्रवादी विशिष्ट छवि देखेको छ । बीपीवादको सार्वभौम र महत्वपूर्ण पक्ष भनेको नेपालको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको संरक्षण नै हो ।

परस्परविपरीत स्वार्थका दुई मुलुकसित करिबकरिब समदूरीको सिद्धान्त अपनाउँदै नेपालको अखण्ड अस्तित्व अनन्तकालसम्म कायम राख्ने जुन दूरदर्शी उच्च उदात्त राष्ट्रवादी चिन्तन नै बीपीवादको गुह्य अन्तर्य हो । यही विषय र सन्दर्भलाई मूलमियो बनाएर नेपालको समग्र र सन्तुलित उत्थानको दृष्टिकोणको ठोस रणनीति बीपीवादको सार हो ।

बीपीको राष्ट्रवाद भित्र राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अन्तर्निहित रहेको देखिन्छ । राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा मेलमिलापयुक्त दृष्टिकोणका साथ अनन्तकालसम्म नेपाल र नेपालीको अक्षुण्ण अस्तित्व कायम राख्न खोज्नु बीपीवादको अमूल्य पक्ष हो । राष्ट्रको अक्षुण्णता, सार्वभौमसत्ता र स्वाधीनता सर्वोपरि महत्वको पक्ष हो । तर अहिले कांग्रेसलाई निष्पक्ष न्यायाधीश, राष्ट्रसेवक प्रहरी, इमान्दार कर्मचारी र देशभक्त राष्ट्रसेवक चाहिएन । त्यसैले तबीपीवादको बिजोग मात्र होइन कन्तबिजोग देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.