बर्दिबास पुगेर प्रधानमन्त्रीको जवाफ,'हामीले चन्दा असुली गरेका छैनौं'

बर्दिबास पुगेर प्रधानमन्त्रीको जवाफ,'हामीले चन्दा असुली गरेका छैनौं'

बर्दिबास: स्थानीय तहको चुनावले जनतालाई मालिक बनाउने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बतएका छन्। चुनावी सभालाई सम्बोधन गर्न धनुषाबाट बुधबार साँझ महोत्तरीको बर्दिबास आइपुगेका प्रधानकन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। चुनावी सभालाई सम्बोद्धन गर्न कांग्रेसका प्रमुख नेताहरु मधेस झरेका छन्।

 

'चुनावले जनतालाई मालिक बनाउँछ,'प्रधानमन्त्री देउवाले बर्दिबासमा भने, 'सबैको देश नेपाल हो। मधेस पनि नेपाल हो।' स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बनेर देश समृद्ध बनाउने उनले बताए।

'नेपाली कांग्रेसले कहिले बन्द हडताल, चन्दा असुली गरे जनता तर्साउने काम गरेको छैन,' प्रधानमन्त्री देउवाले थपे,‘देश कांग्रेसले समृद्ध बनाउँछ। त्यसैले कांग्रेसलाई मतदान गर्नुस्।'तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उनले खुल्लासा गरे।

हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे। ‘भारत नेपालको सम्बन्ध मेरो भारत भ्रमणले बलियो भएको छ। तेस्रो अरुण आयोजना सम्पन्न भएपछि ९ सय वाट विजुली उत्पादन भएर देश समृद्ध बन्छ,'प्रधानमन्त्रीले भने,एमालेको खक्रोराष्टवादले देश खतरामा फसेको छ। मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालले गरिरहेको छ।'

काग्रेसका वरिष्ट नेता रामचन्द्र पौडे्लले बर्दिबासलाई समृद्ध बर्दिबास बनाउने काम कांग्रेसले गरेको दावी गरे।‘एमाले र माओवादीको ठेगान छैन। मधेसी दलको त झनै ठेगान छैन। छिन छिनमा पार्टी नाम फेरिन्छ। मधेशी दलको नुवारण हुने बेला बल्ल भयो।'

कांग्रेसले मात्र देशको काचुली फर्ने भन्दै नेता पौडेलले थपे, 'तीनै तहको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ। कांग्रेसले मात्र समृद्धिको अभियना चलाउँछ। अरुले गर्ने सक्दैन।'

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेसका मधेशीलाई अधिकार सम्पन्न बनाउनु र समृद्ध राष्ट निर्माण गर्नु कांग्रेको प्रमुख दुई एजेन्डा रहेको बताए।उनले भने,‘संविधान संसोधन गरेर मधेसको माग पुरा गर्छौं।'

कांग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संसोधन गर्न विपक्षमा मतदान गरेकोले एमालेलाई मधेसमा पराजीत हुने दावी गरे।'राष्टियता,लोकतन्त्र, समाजवाद, गणतन्त्र,समानुपातिक समावेशी जस्ता सिद्धान्तले कांग्रेस बलिया पार्टी बनेको छ,'उनले भने,‘हामी संविधान संसोधन गरे सबैले पूजा गर्ने सविधान बनाउन चाहान्छौं।'

कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस जब जब हार्यो तब तब देश हारेको बताए। त्यसैले कांग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेकाले मतदाताहरुलाई रुख छापमा मतदान गर्न उनले आग्रह गरे।

कांग्रेस नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी प्रवृत्तिले राष्टियता खतरामा परेको औंल्याए। कांग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमाले प्रजातन्त्रीक प्रक्रिया अवरुद्ध गर्न रोजेको आरोप लगाए।‘एमाले खोक्रोराष्टवादको कुरा गरेर पार्टी बलियो बनायो। तर देश दलदलमा फसाउन खोज्यो।'

कांग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिले मात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरे। 'अब कहिले धोती र टोपीलाई अल पारेर लडाउने। जबसम्म धोती र टोपी मिल्‍दैन तबसम्म देश समृद्ध बन्दैन।' संविधानमा लेखेको कुरा कांग्रेसले कार्यान्वयन गराउने उनले दावी गरे।

महोत्तरीका कांग्रेस नेता चिरञ्जीवि हमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कांग्रेसको तर्फबाट बर्दिबास नगरपालिकाको मेयर पदका उमेदवार प्रह्लाद क्षेत्रीले चुनाव जितेर बर्दिबासलाई नमुना बनाउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.