एमालेले देश विखण्डन गर्न खोज्यो : प्रधानमन्त्री देउवा

एमालेले देश विखण्डन गर्न खोज्यो : प्रधानमन्त्री देउवा

मलंगवा : मधेसी र पहाडीबीच क्षेत्रीय नारा लगाएर एमालेले देशलाई विखण्ड गर्न खोजेको आरोप प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएका छन्। चुनावी सभालाई सम्बोधन गर्न सर्लाहीको मलंगवामा आएका प्रधानमन्त्री देउवाले एमालेमाथि यस्तो आरोप लगाएका हुन्।

‘जातीय क्षेत्रीय नारा लगाएर एमालेले देशमा मुडभेडको अवस्था सिर्जना गर्ने काम गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘एमाले, माओवादी र मधेसवादी दललाई स्थानीय निकायकै चुनावबाट जवाफ दिनु पर्ने समय आएको छ।


प्रधानमन्त्री देउवाले देशमा शान्ति स्थायित्वका लागि कांगे्रस मात्र एक पार्टी भएको दाबी गरे। , देउवाले भने, ‘कांग्रेसले मात्र देशलाई दिशा दिन सक्छ।’ राजा र राणा हटाउनमा नेपाली कांग्रेस महत्वपूर्ण खेलेको भन्दै देउवाले देशमा संविधान जारी र संघीय लोकतन्त्र ल्याउनमा पनि कांग्रेस सबभन्दा बढी भूमिका निर्वाह गरेको सम्झना गरे।

देउवाले मधेसलाई बाढीबाट जोगाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्य मन्त्री नितिश कुमारसँग कुरा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले बाढीको समस्या छिटै नै समाधान हुने तर्क गरे। मधेस कुनै बेला बाढी र कुनै बेला सुख्खाले ग्रस्त हुने गरेको बताउँदै यसलाई समाधान गर्नका लागि कांग्रेसले योजना बनाउन लागि परेको छ। देशको विकास गर्नका लागि कांग्रेस एकमात्र विकल्प भएको देउवाले जिकिर गरे। स्थानीय तहमा कांग्रेसको सरकार बने मात्र तल्लो तहका विकास हुने दाबी गरे।

मधेस जनताको हक अधिकारको लागि कांग्रेसले संशोधन प्रस्तावको पक्षमा मतदान गरेको छ। एमालेले गर्दा मात्र मधेसी जनता अधिकारबाट बञ्चित भएको आरोप समेत देउवाले लगाए।

अहिले मधेसका जिल्लाको अवस्था नाजुक रहेको जिकिर गर्दै देउवाले कांग्रेस जिते मात्र मधेशको विकास हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.