देशमा विकास र समृद्धि ल्याउन आर्थिक रुपान्तरण जरुरीः आपूर्तिमन्त्री

देशमा विकास र समृद्धि ल्याउन आर्थिक रुपान्तरण जरुरीः आपूर्तिमन्त्री

काठमाडौं: आपूर्ति मन्त्री शिव कुमार मण्डलले नेपालको राजनीतिक परिवेश समय सापेक्ष चलाउन कम्युनिष्टका सशक्त योद्धाको खाँचो रहेको बताएका छन्। विहीबार राजधानीमा प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको आठौ स्मृति कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा समय सापेक्ष राजनीतिक र विकासको आवश्यकता छ। त्यसकारण कम्युनिष्ट आन्दोलनलाई हाक्ने योद्धाहरु पनि समय सापेक्ष निष्ठावान भएर चल्नुपर्छ।'

 

मन्त्री मण्डलले नेपाल संघीय संरचनामा गइसकेको भन्दै अब सोही अनुरुप स्थानीय तहको विकास र समृद्धि हुने जिकिर गरे। उनले भने, ‘संघीय संरचना अनुसार देशका सबै स्थानीय निकायहरुको विकास र समृद्धि सबै मिलेर गर्नुपर्छ । त्यसकारण अब राजनीति रुपान्तरणसँगै आर्थिक रुपान्तरण समेत जरुरी छ।'

उनले प्रभुनारायण चौधरी साच्चै उएटा निष्ठा, त्यागी र देशभक्त कम्युनिष्ठ जनताका छोरा भएर देश र जनताको सेवा गरेकाले हामी सबैले उनको कार्यको खोजीनीति गर्नु जरुरी रहेको औल्याए।

यस्तै कार्यक्रममा वरिष्ठ अधिवक्त एवं कानुन विज्ञ कृष्ण प्रसाद भण्डारीले देशमा पुरै लुटतन्त्रको धन्दा चलिरहेकाले सच्चा नेताको अभाव भएको बताए। उनले भने, 'देश अहिले लुटेराहरुको शासनबाट गुज्रिरहेको छ। इमान्दार र देशभक्त नेताको अभियान ओइलाएको जार जस्तो भइसकेको छ।'

उनले अर्को प्रसंगमा देशमा संघीयता लागू हुनु नै दुर्भाग्य भन्दै विकास र समृद्धिको विनाशको युग सुरु भएको दावी गरे। उनले भने, ‘देशमा संघीयता लागू हुनु ने क्षेत्रीयतावादलाई प्रश्रय दिनु हो। यसले जातजातिबीचको एकता, सामाजिक सदभाव मात्रै होइन संस्कार र संस्कृतिमाथि विचलन ल्याएर टुक्रा टुक्रामा विभाजित बनाइदिन्छ।'

उनले देशमा परिवर्तन ल्याउन देशभक्त युवाहरु हातमा फेरि एक बन्दुक लिएर क्रान्तिको विगुल फुक्ने प्रभुनारायण जस्ता त्यागी र निष्ठावान जुझारु युवा नेताको खाँचो रहेको बताए।

यस्तै प्रभु नारायण प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले सरकारले नै प्रभुनाराण चौधरीलाई घ वर्गको नेताको दर्जा दिएर ठूलो विभेद गरेका बताए। उनले भने, ‘राज्यले देशभक्त र निष्ठावान नेताला२ जानी जानी घ वर्गमा छुट्याउछँ भने अरुले कसरी सम्झिने?' उनले राज्यले देश र जनताको सेवा गर्ने निष्ठावान जुनसुकै पार्टीका नेतालाई विभेदको नीति हटाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा देश र समाजमा महत्वपूर्ण योगदान गरी स्वदेश र विदेशमा रहेका सात जना व्यक्तित्वहरुलाई प्रभुनाराण स्मृति प्रतिष्ठानबाट सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.