लिखु खोलाले बगाएर युवकको मृत्यु
नुवाकोट: नुवाकोटको पुर्वी भेगमा रहेको लिखु खोलाले बगाएर एक युवकको मृत्यु भएको छ। युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।
शिवपुरी गाउँपालिका वडा नं.-३ लिखुखोलाले वगाएर काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नं.१ सुन्दरीजल घर भएका ४० वर्षीय राजामान तामाङको नुवाकोटको सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको लिखु खोलाले बगाएर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए।
स्थानीयवासीले लिखु खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।घरबाट १० दिनदेखि हराइरहेका मृतक तामाङ मानसिक असन्तुलन रहेको मृतकका परिवारले जनाएका छन्।