धनकुटा बजारमा मालबाहक सवारी प्रवेशमा रोक

धनकुटा बजारमा मालबाहक सवारी प्रवेशमा रोक

धनकुटा : चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल र मान्छेको आवतजावत धेरै हुने भएकाले ठूला मालबाहक सवारी साधनलाई धनकुटा बजार प्रवेशमा रोक लगाइएको छ ।

धनकुटा बजार व्यवस्थापन समिति र सुरक्षा निकाय बीचको छलफलपछि ठूला मालबााहक सवारीलाई बजार प्रवेशमा रोक लगाइएको हो । बिहान ९ बजेदेखि १०.३० बजे र साँझ ३ बजेदेखी ४.३० बजेसम्म ठूला सवारीलाई प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

धनकुटा बजारमा चार चक्के गाडी र मोटरसाइकलको जथाभावी पार्किङलाई समेत रोक्ने निर्णय गरिएको उनले बताए । बजारको मदनचौक, अस्पताल अगाडी, चुवाको बोट र प्रहरी कार्यालय अगाडी मोटरसाइकल पार्किङस्थल तोकिएको छ । चार चक्के गाडीलाई प्रहरी कार्यालय नजिकै कारागारको जग्गा पार्किङस्थलमा तोकिएको छ ।

चाडपर्वमा यात्रुलाई मनपरी भाडा लिने, हुटमा राख्ने, गाडीमा चढ्न नदिने वा अपमानित गर्ने कार्यलाई रोक्न र सुरक्षाको लागि सहायता कक्ष राख्ने तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.