चीन सुन्दैन, नेपाल सक्दैन : २० तस्बिरमा बिपत्तिपछिको कोदारी राजमार्ग

चीन सुन्दैन, नेपाल सक्दैन : २० तस्बिरमा बिपत्तिपछिको कोदारी राजमार्ग

सिन्धुपाल्चोक( लिपिङ): काठमाडौबाट ११५ किलोमिटर उत्तर पूर्वमा नेपाल र चीनको सीमा लिपिङ पुगिन्छ । नेपाल र चीनको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको कोदारी राजमार्ग ०७२ को भुकम्पपछि सुनसान छ। तातोपानी राजमार्ग पुन सञ्चालन गर्न नेपालले मात्रै चाहेर संभव छैन।

नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले तातोपानी राजमार्ग सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई समेत पटक पटक ध्यानाकर्षण गराएको छ। चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउँदा होस वा नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदा तातोपानी नाका पुन सञ्चालनमा ल्याउने बिषय एउटा एजेण्डा बन्ने गरेको छ । तर तातोपानी नाकामा पुग्दा तत्कालै नाका सञ्चालनमा आउन सक्ने संभावना देखिदैन । 

                                                                                   ०७१ मा जुरे पहिरो,०७२ मा विनाशकारी भुकम्प,०७३ मा भोटेकोशीको बाढी र ०७४ मा लार्चाको पुल भत्किनुले यस क्षेत्रमा एकपछि अर्को गरेर बिपत्ति थपिदै गएको छ । विपत्तिमा परेका त्यस क्षेत्रका जनताको सुरक्षामा न चीन सरकारले चासो दिएको छ न त नेपाल सरकारले नै तदारुकताका साथ आफनो गति अगाडि बढाएको छ । 

लार्चामा चिनिया सहयोगमा बन्दरगाह निर्माण भइरहेको छ तर त्यहि लार्चामा पहिरोले पुल भत्कापछि चीनको सीमावर्ती क्षेत्रका जनताको जीवन कस्टकर बनेको छ । लार्चामा बेलिब्रिज बनाउने योजना अनुसार सामान पुरयाइएको छ तर निर्माणको गति एकदमै धिमा गतिमा अगाडि बढेको छ । गरिबहरु जोखिमपूर्ण अवस्थामा चीनको सीमा क्षेत्रमा बसिरहेका छन् तर त्यहाँका धनीहरु काठमाडौ वा शहरी क्षेत्रमा बिस्थापित भएका छन् । 

 सीमा क्षेत्रमा दुई जना सशस्त्र प्रहरीका जवानले पहरा दिइरहेका हुन्छन् । सधै भिड हुने लिपिङ बजार सुनसान छ । कोदारीबाट लिपिङ पुग्ने सडक छैन । भुकम्पले भत्काएका संरचनालाई ०७३ मा भोटेकोशीमा आएको बाढीले थप भग्नावशेषमा परिणत गरेको छ । नाका खुला हुँदा व्यापार व्यवसाय गर्ने लिपिङका महिलाहरु अहिले गिटी कुटेर बसेको भेटिन्छ । 

 यस क्षेत्रका बासिन्दाको जिविकोपार्जनको आधार मात्रै खोसिएको छैन,टाउको लुकाउने ओत पनि माटोमा परिणत भएको छ । ४५ मेगावाट क्षमताको भोटेकोशी जलबिद्युत आयोजनाको बाँधस्थल बगरमा परिणत भएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.