शिक्षितबाटै महिनावारी संस्थागत

शिक्षितबाटै महिनावारी संस्थागत

तुलसीपुर : विकृतिको रुपमा रहेको महिनावारी (छाउ) पर्थाको शिक्षितबाटै संस्थागत हुँदै गएको सरोकारवालाहरुले बताएका छन । उनीहरुले महिनावारीको बढी समस्या शिक्षित र शहरिया परिवारबाटै भएको भन्दै शिक्षितले नै यो विकृतीलाई संस्थागत गरिरहेको बताए ।

 

छाउको विकृतिको अन्त्यका लागि आफैबाट अभियान सुरु गरे मात्रै समाजबाट हट्ने उनीहरुको भनाई थियो । अधिकारकर्मी तथा छाउपर्थाविरुद्धको अभियानमा सक्रिय राधा पौडेलले शिक्षित परिवार र व्यक्तिमा यो समस्या आन्तरिक रुपमा रहेको भन्दै शिक्षितले नै समस्यालाई संस्थागत गरेको वताइन् । ‘ठूला सहर र शिक्षित परिवारमा यो समस्या बढी छ ', पौडेलले भनिन्, तर देखिने गरि छैन घुमाउरो पारमा संस्थागत नै भएको छ ।'

उनले महिनावारीको धारणा परिवर्तन आफैबाट गर्नुपर्ने बताइन् । ‘हामी समस्या छ भन्छौ, तर मबाट यसलाई समाधान गर्छु अभियान थाल्छु भनेर भन्दैनौ' उनले भनिन,‘अब मबाटै अभियान थालौ ।' सबै जना एक नहुँदा सम्म यो समस्या यथावत रहने उनको भनाई थियो । उनले म र मेरो अभियान भनेर सबै सरोकारवाला एकसाथ अभियानमा सरिक भएमा अभियानले सफलता पाउने उनले बताइन् । उनले आफुले महिनावारीका विकृतिमा लड्दा घर सुध्रिएको भन्दै पहिले आफु अनि आफनो, समुदाय र राष्ट्रलाई नै यो सुधारमा ल्याउनु पर्ने बताइन् ।

जिल्ला शिक्षा कार्यालय दाङको आयोजना तथा स्वीस रेडक्रसको व्यस्थापनमा गरिएको महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विद्यालय पाठ्यक्रम निर्माण जिल्ला स्तरीय कार्यशालामा उनले त्यस्तो बताएकी हुन् । कार्यशालामा सहभागी सरोकारवालाले महिनावारीको परम्परागत धारणा तथा स्वच्छताका लागि आफूबाटै अभियान चलाएमा विकृति न्यूनीकरण तर्फ लैजान सकिने बताए ।

नेपाल रेडक्रस सोसाइटी सिइएचपीका कार्यक्रम उप निर्देशक राजकुमार क्षेत्रीले महिनावारी स्वच्छताका लागि पहिलो पटक दाङबाट राष्ट्रिय स्तरको अभियान सञ्चालन गरिएकाले अबविद्यालयको पाठ्यक्रममा पनि यसको आवश्यकता देखेर कार्यक्रमको आयोजना गरिएको बताए । उनले महिनावारीको धारण फेर्न सबै एक हुनुपर्ने र भूमिका खेल्नु पर्ने बताए । उनले शिक्षा र चेतना बाटै यसमा स्थापित भएका नकारात्मक कुराहरुलाई समाधान गर्न सकिने भन्दै त्यसका लागि विद्यालयमा महिनावारी शिक्षाको पहुँच बढाउने प्रयास भएको बताए ।

कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनलाय सुर्खेतका निर्देशक डम्बर श्रेष्ठले नकारात्मक धारणा अन्त्यको लागि शिक्षित परिवार व्यक्ती र समुदाय सक्रिय हुनुपर्ने भन्दै विद्यालयस्तरमा यसको व्यवस्थापन जरुरी रहेको बताए । उनले विशेष पाठ्यक्रम तयार गरेर विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन गर्न सकिने बताए ।

जिल्ला शिक्षा कार्यालय दाङका उप जिल्ला शिक्षा अधिकारी रबिन्द्र क्षेत्रीले यसलाई जिल्लाबाट सुधार गरेर लिन सकिने बताए । उनले विद्यालयस्तरबाट सुधार गर्न सकेमा प्रभावकारी हुने वताए । श्रेत्रीले महिलाको सशक्तिकरणले मात्रै यो समस्याको समाधान सार्थक हुने बताए । दाङमा सञ्चालन भएको कार्यशालाले विद्यालयस्तरमा कक्षा ४ देखि १० कक्षा सम्मको महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि पाठ्यक्रम समेत निर्माण गर्ने छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.