श्रमिक बालबालिकालाई परिवारमा पुनर्स्थापन

श्रमिक बालबालिकालाई परिवारमा पुनर्स्थापन

तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका वालश्रमिकहरुलाई पुनस्र्थापन गरिएको छ। ५३ औ बालदिवसको अवसरमा उपमहानगरको अगुवाई तथा विभिन्न संघ संस्थाको समन्वयमा नगरक्षेत्रमा बालश्रमिकका रुपमा रहेका बालबालिकालाई परिवारमा पुनस्र्थापन गराइएको हो।

नगर क्षेत्रमा रहेका ७५ जना श्रमिक वालबालिका मध्ये बाल दिवसको अवसरमा १५ जना श्रमिक बालबालिकाहरुलाई परिवारमा पुनस्र्थापन गरिएको हो। परिवारमा पुनस्र्थापित बालबालिकाहरुलाई शैक्षिक सामग्री र परिवारलाई आयआर्जनमा सहयोग गर्ने गरि श्रममा संलग्न १५ बालबालिकालाई पुनस्थापन गरेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य बताइन्।

पहिलो चरणमा १५ बालबालिकालाई, दोस्रो चरणमा १५ जना र अन्य ४५ जनालाई चार महिनाभित्र परिवारमा पुनस्र्थापना गर्ने तयारी भएको नगर बाल संरक्षण समितिका संयोजक तथा ६ नं वडा अध्यक्ष नवराज लामिछानेले बताए। पुनस्र्थापित बालबालिकाका अभिभावकलाई आयआर्जनका लागि प्रतिबालक उपमहानगरको तर्फबाट १६ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ।

उपप्रमुख आचार्यले नगर क्षेत्रमा बालश्रम न्यूनीकरण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सबै नगरबासीले आफनो ठाउँबाट भूमिका खेल्नु पर्ने बताइन्। सबैले आफ्ना बालबालिकालाई आफ्नै संरक्षणमा राखी विद्यालय जाने वातावरण सृजना गर्नुपर्ने उनले बताइन्। भविस्य कस्तो बनाउने त्यो आफ्नै कर्ममा भर पर्ने भन्दै नगरलाई बालश्रम र बालबिवाह मुक्त नगर बनाइने प्रयास सुरु भएको उनको भनाई थियो।

उपमहानगरका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले स्थानीय बालमैत्री शासन सञ्चालनका लागि गरिएको प्रयासलाई सार्थकता दिन नगरवासीले आफ्नो बालबालिकाको आफै संरक्षण गर्ने तथा नियमित विद्यालय पठाउन आग्रह गरे।

पुनस्र्थापित बालबालिकालाई उपमहानगरको निर्देशन अनुसार विद्यालयमा भर्ना गरे मात्रै परिवारलाई आयआर्जनमा सहयोग गरिने उपमहानगरले जनाएको छ। बालबालिका श्रममा संलग्न हुनुको मुख्य कारण विपन्नता भएको ठहर गर्दै उपमहानगरले परिवारलाई आयआर्जनमा सहयोग पुर्‍याउने नीति ल्याएको जनाएको छ। पहिलो चरणमा पुनस्थापना गरिने बालबालिकाहरुमा ९ देखि १५ वर्ष सम्मका बालबालिकाहरु रहेका छन्। उनीहरु होटेल, ग्यारेज, ग्रिल उद्योग, इट्टाभट्टा र यातायात मजदुरको रुपमा रहेको संयोजक लामिछानेले बताए। कानुनतहः १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउनेलाई कारबाही गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले बालदिवसको अवसरमा तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमका सहभागीहरुले बालश्रम र बालबिवाह न्यूनीकरणको लागि सबै एक भएर जुटेमात्रै सम्भव भएको बताएका थिए।

बालदिवसको अवसरमा उपमहानगरले गरेको कार्यक्रम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.