विप्लवको पार्टीको चन्दा आतंक, सरकारी कार्यालय प्रमुखहरुले मागे सुरक्षा

विप्लवको पार्टीको चन्दा आतंक, सरकारी कार्यालय प्रमुखहरुले मागे सुरक्षा

गोरखाः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा चन्दा आतंकलाई व्यापक बनाएको छ। जिल्लाका सबै जसो सरकारी तथा गैरसरकारी कार्यालयमा आर्थिक सहयोगका लागि भन्दै 'विप्लव' माओवादीले पत्र पठाएको छ।

जिल्ला सेक्रेटरी 'निशान'को हस्ताक्षर रहेको पत्रले यति बेला जिल्लामा आतंक सिर्जना गरेको छ। देशभक्त र जनवादी शक्तिलाई मोर्चाबन्दी गर्न तीन महिने अभियान सञ्चालन गरेको भन्दै नेकपाले आर्थिक सहयोग गर्न सबै सरकारी कार्यालयमा पत्र पठाएको छ।

 

जिल्ला सेक्रेटरी 'निशान'को हस्ताक्षर रहेको पत्रले यति बेला जिल्लामा आतंक सिर्जना गरेको छ। देशभक्त र जनवादी शक्तिलाई मोर्चाबन्दी गर्न तीन महिने अभियान सञ्चालन गरेको भन्दै नेकपाले आर्थिक सहयोग गर्न सबै सरकारी कार्यालयमा पत्र पठाएको छ।

नेकपाद्वारा पठाइएको पत्रमा भनिएको छ, ‘संसदीय व्यवस्था, स्थानीय, प्रदेश र संघीय चुनावको खारेजी गर्दै राष्ट्रियता, जनजीविकाको सुनिश्चिताका लागि एकीकृत क्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापनार्थ तीन महिने अभियान सञ्चालन गरेका छौं, यसका लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गर्दछौं।'

नेकपाले आर्थिक सहयोगका लागि पत्र पठाएपछि जिल्लामा रहेका सरकारी कार्यालय प्रमुखहरुले सुरक्षाको माग समेत गरेका छन्। सबै सरकारी कार्यालयका प्रमुखहरुको बैठक बसी सुरक्षाको माग गरेका हुन्।

आइतबार मात्रै आर्थिक सहयोग नगरेको भन्दै विप्लव नेकपाका कार्यकर्ताहरुले जिल्ला जनस्वास्थ्य कार्यालयमा तोडफोड गरेका छन्। जनस्वास्थ्य कार्यालयको गोदाममा रहेको औषधिहरु बाहिर फाल्दै नेकपा कार्यकर्ताले तोडफोड गरेको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

आठ जनाको संख्यामा आएका नेकपा कार्यकर्ताले आर्थिक सहयोगका लागि पठाएको पत्र सार्वजनिक गरेको भन्दै तोडफोड गर्नुका साथै गोदाममा रहेको औषधि बाहिर फालेको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए। उनले भने, ‘यस्तो अवस्थामा अब कसरी काम गर्न सकिन्छ, राज्यले सुरक्षाको व्यवस्था गर्नुपर्छ। नत्र काम गर्न गाह्रो हुन्छ।'

चन्दा नदिएको भन्दै सरकारी कार्यालयमा तोडफोड भएपछि अन्य सरकारी कार्यालयमा समेत त्रास फैलिएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनस्वास्थ्यको कार्यालयमा तोडफोड गर्नेहरुको निगरानी सुरु गरिएको भन्दै संलग्नलार्इ कारवाही हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.