'स्पोन्सर'को फोन नउठेपछि कांग्रेस नेता पौडेल जापानी इमिग्रेसनबाटै फिर्ता

'स्पोन्सर'को फोन नउठेपछि कांग्रेस नेता पौडेल जापानी इमिग्रेसनबाटै फिर्ता

काठमाण्डौं: नेपाल जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल जापानको इमिग्रेसनबाट फिर्ता पठाइएका छन्।

 

राजधानी टोकियोस्थित हानेदाविमानस्थलबाट इमिग्रेसनले नेता पौडेललाई नेपाल फिर्ता पठाइदिएको हो। विमानस्थलमा सोधपुछका क्रममा स्पोन्सरलाई सम्पर्क गर्दा फोन अफ भएपछि उनलाई केही समयपछि नेपाल फिर्ता पठाइएको पौडेल निकट नेपाल विद्यार्थी संघका नेता सुशील भट्टले बताए। उनका अनुसार पौडेललाई स्पोन्सर गर्ने व्यक्ति दुई दिन अघि मात्र नेपाल आएका कारण सम्पर्क हुन नसकेको हो।

पौडेलसंगै जापान गएका कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद धनराज गुरुङलाई भने इमिग्रेसनले सामान्य सोधपुछ पछि प्रवेश दिएको थियो। उनीसंग रातो पासपोर्ट भएका कारण पनि कुनै समस्या नभएको नेपाल जनसम्पर्क समिति जापानले जनाएको छ।

पौडेलसंगै रहेका पत्रकार अनिल न्यौपानेलाई पनि इमिग्रेसनले फिर्ता पठाइदिएको छ। उनीहरु दुबै जना आजराति नेपाल आइपुग्ने नेविसंघ नेता भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.