छुट्टाछुट्टै घटनामा कपिलवस्तुमा दुई जनाको मृत्यु
कपिलवस्तु : जिल्लाको दुई स्थानमा भएका छुट्टा छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ४ झुंगामा माछा मार्ने क्रममा स्थानीय ३५ वर्षीय विथौया चौधरको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कुलोमा करेन्ट ल्याई माछा मार्दै गरेका चौधरीको करेण्टकै कारण मृत्यु भएको प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले बताए ।
यसै गरी गोरुसिंगे तौलिहवा सडक खण्डको बुद्धभूमि नगरपालिका २ मा भारतीय नम्वर प्लेटको ट्याक्टरको ढक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय भक्तिराम चौधरी रहेको प्रहरीले जनाएको छ ।
युपी ६४ एटि ०४८६ नम्बरको भारतीय ट्रकले साइकल यात्रीलाई चौधरीलाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याउंदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।