१५ वर्षीय किशोर मृत भेटिए

१५ वर्षीय किशोर मृत भेटिए

दमौली : व्यास ४ दमौलीस्थित बाघभञ्ज्याङ सामुदायिक वनमा एक किशोर मृत अवस्थामा भेटिएका छन् । व्यास ६ श्याम्घानिवासी कालु भनिने १५ वर्षीय गोपी पौडेल दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ट्यांकीनजिकै मृत भेटिएका हुन् ।

व्यास ४ शितलचोकमा साथीहरुसँग बस्दै आएका उनी बिहीबारयता परिवारको सम्पर्कमा नरहेको पारिवारिक श्रोतले बताएको छ । प्रहरीले फेला पारेको शव गन्हाएको अवस्थामा भेटिएको छ । घटनास्थलमा केही थान सिरिञ्जसमेत भेटिएको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।

उनी लागु औषधका प्रयोगकर्ता रहेको बुझिएको छ । मृतकसँगै आइतबार बिहान बसेका साथी अनिल तामाङले साँझ आफ्नो घर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । लागुपदार्थको ओभरडोजका कारण उनको ज्यान गएको आशंका गरिएको छ ।मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.