मतदाताको उल्लेख्य सहभागिता, २० प्रतिशत मत खस्यो

मतदाताको उल्लेख्य सहभागिता, २० प्रतिशत मत खस्यो

काठमाडौँ: स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेको छ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा केन्द्रमा पुगेर उनले मतदान गरेको हो।

 

त्यस्तै, रौतहटको गढीमाई नगरपालिकास्थित लक्ष्मीपुर टोलस्थित गम्हरिया मतदान केन्द्रमा विदेशमा रहेका मुक्त रुल्लाह मियाँको नाममा त्यहाँ बस्ने १४ वर्षीय सबु महम्मद मियाँले भोट हाल्न गएकामा मतदान अधिकृतले पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र बाराको पचरौता नगरपालिका विसम्बरास्थित नेपाल राष्ट्रिय प्रावि मतदान केन्द्रमा सोही स्थानमा बस्ने एर्साद अहमदले आफ्ना दाजुको नाममा मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ।

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं ३ मौर्याई पुल भत्केर आवतजावतमा कठिनाइ उत्पन्न भएकामा सशस्त्र प्रहरी बलले तत्कालै डाइभर्सनमार्फत यातायातका साधन मतदान केन्द्रसम्म जाने व्यवस्था मिलाएको छ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको विभिन्न पदका लागि आज भएको निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको अपार सहभागिता देखिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.