तराई-मधेसमा चुनावी रौनक: विकासको खाका कोरिने अपेक्षा (फोटो फिचर)

तराई-मधेसमा चुनावी रौनक: विकासको खाका कोरिने अपेक्षा (फोटो फिचर)

बर्दिबास: विकासको रेखा कोर्न प्रदेश नं. २ का आठ वटै जिल्लाका लाखौं मतदानहरु मतदान केन्द्रमा भोट हाल्न ओर्लिएका छन्। मतदाताहरु उत्साहित भएर मतदानमा सहभागी भएका हुन्। बीस बर्षपछि भएको स्थानीय तहको निर्वाचनमा गाउँको विकासको रेखा कोर्न मत मतदाता एका बिहानैदेखि मतदान स्थलमा पुगेका थिए। शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ।वृद्धा वृद्धा, असक्त, अपांगता भएका मतदताहरु ह्‍विलचेयरमा आएर मतदना गरेका छन्।फरक क्षमता भएका मतदाताहरुको लागि यसपालि चुनावमा मतदानको व्यस्था मिलाइएको थियो।

चुनावपछि सिंहदरबारको अधिकार गाउँमा आउने थाहा पाएका मतदाताहरु मतदान गरेर आफुलाई मन परेको उमेदवार छन्न आज मतदना गरेका छन्।घर गाउँबाट टाढा रहेका मतदाता चुनावमा भोट पनि हाल्ने अनि दसैं पनि मनाउने तयारीका साथ गाउँ फर्किंएका बिजलपुराका संजीत महतोले जनाए।

प्रदेश नं. २ मा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषा गरी आठ वटा जिल्ला छन्।सबै जिल्लामा गरी १३६ स्थानीय तह छन्।यस प्रदेशमा वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकासहित ७३ नगरपालिका र ५९ गाउँपालिका छन्।सबै स्थानीय तहमा गरि १ हजार २ सयवटा वडा छन्।

मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसहित ६ हजार ६२७ पदका लागि ३६ हजार ९९३ जना उम्मेदवार चुनावी मैदानमा छन्।मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० छ।३ हजार ५ सय ७७ मतदान केन्द्र तोकिएको छ।गृह मन्त्रालयका अनुसार प्रदेश नम्बर २ का ८ वटै जिल्ला गरि ६९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.