मतदानको समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने

मतदानको समय सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने

काठमाडौंः स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नं. दुईमा भइरहेको निर्वाचनको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानका लागि विहान सात बजेदेखि साँझ पाँच बजेसम्मका लागि समय तोकेको थियो। तर मतदानका लागि पाँचबजेभित्र मतदानस्थल भित्र प्रवेश गरिसकेकाले ढिलोसम्म मतदान गर्न पाउने व्यबस्था आयोगले गरेको छ।

 

प्रदेश नं. दुईका आठ जिल्लामा सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा भएको आयोगले जनाएको छ। आयोगका अनुसार केही ठाउँमा छिटपुट घटनाबाहेक मतदानलाई नै प्रभावित पार्ने गरी कुनै पनि घटना भएन।

निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् । मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेको आयोगले जनाएको छ। सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.