३७ हजार उम्मेदवारको भविष्य बाकसमा

३७ हजार उम्मेदवारको भविष्य बाकसमा

काठमाडौं : प्रदेश नम्बर २ का ६ हजार ६ सय २७ जना जनप्रतिनिधिका लागि सोमबार भएको स्थानीय तहको तेस्रो चरणमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार ३७ हजार दुई सय ३६ जना उम्मेदवारको भबिश्य बाकसमा कैद भएको छ । जनताको उत्साहजनक सहभागितामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भएको निर्वाचनको परिणाम पाँच दिन भित्र सार्वजनिक गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको छ । उम्मेदवारी दर्ता गराएका मध्ये आठ जना निर्विरोध निर्वाचित भएका छन् ।


एक सय ३६ वटा स्थानीय तहमा निर्वाचन गराउँदा एक अर्व ७५ करोड रुपैया खर्च भएको अनुमान छ । सो निर्वाचनमा ४५ वटा राजनीतिक दलले भाग लिएका थिए । निर्वाचनका लागि ३० लाख मतपत्र छापिएको थियो । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा निर्वाचन सुरक्षाका लागि ६५ हजार सुरक्षाकर्मी र ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.