‘स्थानीय तहको चुनाव संविधान कार्यान्वयनमा प्रगति’
काठमाडौ : जापानले तीन चरणमा भएको स्थानीय तहको निर्वाचन दुई बर्ष अगाडि घोषणा भएको संविधान कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताएको छ ।
निर्वाचनका लागि सहयोग गर्दै आएको जापानले अगाामी दिनमा पनि आफनो तर्फबाट गर्न सक्ने सहयोग नेपाल सरकारलाई गर्ने बिश्वास पनि दिलाएको छ । काठमाडौस्थित जापानी राजदूतावासले मंगलबार प्रेस बक्तव्य जारी गरी त्यस्तो बिश्वास दिलाएको हो ।
जापानले स्थानीय तह निर्वाचनको अनुभव प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा प्रतिबिम्बन हुने आशा गरेको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा भएको ठहर गर्दै जापानले त्यसको अनुभव प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिबिम्बन हुने अपेक्षा गरेको हो ।
जापानले स्थानीय तहको निर्वाचनमाआफना प्रतिनिधिहरुलाई निर्वाचन पर्यवेक्षण गर्न परिचालन गरेको थियो । स्थानीय तहमा २० बर्षपछि भएको निर्वाचनलाई सफल बनाउन जनताका तर्फबाट पुरयाएको योगदानलाई जापानले सम्मान गरेको छ ।