सप्तरीमा कांग्रेस तीन, एमाले, संघीय फोरम र राजपा दुई स्थानमा अगाडि
सप्तरी : प्रदेश-२ मा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। भर्खर प्राप्त सूचनाअनुसार सुरुङ्गा नगरपालिकाका एमालेका रामनारायण चौधरीले १४२, कांग्रेसका मुक्तिनाथ चौधरीले ५५ र नेपाल लोकतान्त्रिक फोरमका गीता चौधरीले ५४ मत ल्याएका छन्।
अन्य स्थानीय तहको भर्खरै मात्र मतगणना सुरु भएको छ। केही बेरमै पहिलो चणको मतगणना सार्वजनिक हुने आयोगका अधिकारीहरुले बताएका छन्।