सप्तकोशी नगरपालिकामा काँग्रेसको अग्रता
सप्तरी: प्रारम्भिक नतिजा अनुसार नेपाली काँग्रेसले चार, संघीय समाजवादी फोरम र राजपा नेपालले तीन, नेकपा (एमाले) ले २ स्थानमा अग्रता कायम गरेका छन्। सप्तकोशी नगरपालिका प्रमुखमा उत्तम शर्माले ८१५ र उप प्रमुखमा आशा चौधरीले ८२४ मत ल्याई अग्रता कायम गरेका छन्।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार ध्रुब कार्कीले ३७६ र उपप्रमुखका उम्मेदवार राजकुमारी चौधरीले ३४० मत ल्याएर पछ्याइ रहेका छन्। नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार कृष्णप्रसाद ढकालले २२९ र उप प्रमुखका उम्मेदवार रीताकुमारी चौधरीले १८७ मत ल्याएका छन्। खडक नगरपालिकामा काँग्रेसका प्रमुखका उम्मेदवार किरणकुमारी भगतले ४९८, राजपाका ननु चौधरी कलवारले ३१८ र एमालेका शत्रुघ्नपसाद साहले २५५ मत ल्याएका छन्।
कञ्चनरुप नगरपालिकामा प्रमुखमा काँग्रेसका ललनप्रसाद गुप्ता १८५, नेकपा एमालेका बसन्त मिश्रले १२३ र फोरम नेपालका सुदम्बर यादवले १२० मत ल्याएका छन्।