पार्टी संस्थागत ढङ्गले चल्न सकेन: नेता सिंह

पार्टी संस्थागत ढङ्गले चल्न सकेन: नेता सिंह

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन्।

कांग्रेस नागार्जुन नगरपालिकाले आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान' कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन आग्रह गर्नुभएको हो। “निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्,” नेता सिंहले भने।

नेता सिंहले कांग्रेसनेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै काँग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गरे। नेता सिंहले काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए।

कांग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.