सप्तरीमा समाजवादी फोरमको अग्रता : १७ स्थानीय तहको मतपरिणाम यस्तो छ

सप्तरीमा समाजवादी फोरमको अग्रता : १७ स्थानीय तहको मतपरिणाम यस्तो छ

राजविराज : सप्तरीमा जारी मतगणनाको पछिल्लो परिणाम हेर्दा संघीय समाजवादी फोरमको अग्रता देखिएको छ। राजविराज नगरपालिका बाहेक १७ वटा स्थानीय तहको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार फोरम नेपालले छ स्थानमा अग्रता लिएको छ।

फोरम नेपालले बोदे बर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, बिष्णुपुर गाउँपालिका र महदेवा गाउँपालिकामा अग्रता लिएको हो।

फोरम नेपाललाई पछ्याउँदै नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता कायम गरेको छ। कांग्रेसले कञ्चनरुप नगरपालिका, खडग नगरपालिका, अग्नीसाइर कृष्णसवरन गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बेल्ही चपेना गाउँपालिकामा अग्रता कायम गरेको छ।

नेकपा (एमाले)ले सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र शम्भुनाथ नगरपालिका गरी तीन तहमा अग्रता कायम राखेको छ। आठ वडाको गणना सकिदा सप्तकोशी नगरपालिका प्रमुखमा एमालेका उत्तम शर्माले दुई हजार १८ तथा उपप्रमुखमा आशा चौधरीले दुई हजार ९६ मत ल्याई अग्रता कायम राखेका छन्। उनलाई प्रमुखमा माओवादी केन्द्रका ध्रुब कार्कीले एक हजार दुई ६९ र उपप्रमुखमा राजकुमारी चौधरीले एक हजार तीन सय मतका साथ पछ्याएका छन्। चार÷चारवटा वडा अध्यक्ष एमाले र माओवादीले बाँडेको सप्तकोशीमा जम्मा ११ वटा वडा छन्।

कञ्चनरुप नगरपालिका प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता आठ सय ४० मतका साथ अग्रपंक्तिमा छन्। उनलाई एमालेका बसन्त मिश्रले ६७० मतका साथ पछ्याएका छन् भने फोरम नेपालका सुदम्बर यादवले ४७३ मत ल्याएका छन्।

राजपा, नेपालले डाकनेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथा नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा अग्रता लिएको छ। घोषित विभिन्न २६ वडाको परिणाम अनुसार एमाले र कांग्रेसले सात, माओवादी र राजपाले ४, फोरम नेपाल र लोकतान्त्रिक फोरमले दुई-दुई वडामा जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.