वीरगन्ज महानगरमा राजपाको अग्रता कायमै

वीरगन्ज महानगरमा राजपाको अग्रता कायमै

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेको प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता कायमै राखेको छ। मंगलबार दिउँसोदेखि मतगणना सुरु हुँदा भने दुवै पदमा कांग्रेसले अग्रता लिएको थियो। तर, मंगलबार रातिदेखि भने दुवै पदमा राजपाले अग्रता लिएको छ। बुधबार राति नौ बजेसम्म दुवै पदमा राजपाकै अग्रता कायम रहेको छ।

 

बुधबार राति पौने नौ बजे सम्म ७२०० मतगणना हुँदा मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह २१ सय ४३ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्धिवेदीले १८ सय ५ मतका साथ पछ्याइ रहेका छन्।

मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी तेश्रो स्थानमा छन्। उनले ९ सय ९५ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी ७ सय ३९ मतका साथ चौथो स्थानमा छन्। मेयरमै एमालेका उम्मेदवार बसरुद्धिन अन्सारी ६ सय २५ मतका साथ पाँचौं स्थानमा र ५ सय ३८ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन्।

यस्तै उपमेयरमा पनि राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता कायम रहेको छ।बुधबार राति पौने नौ बजेसम्म सार्वजनिक परिणाम अनुसार उपमेयरमा राजपाकी उम्मेदवार मिश्राले २०१२ मत ल्याएकी छिन्।

उपमेयरमा कांग्रेसकी उम्मेदवार शान्ति कार्की १९७४ मतका साथ दोश्रो, फोरम नेपालकी उम्मेदवार पिंकी यादव ८५८ मतका साथ तेश्रो, एमालेकी उम्मेदवार सोफिया आचार्य ७७४ मतका साथ चौथो , माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ५८२ मतका साथ पाँचौं र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ४ सय ३९ मतका साथ छैठौं स्थानमा छिन्।

कुल एक लाख आठ हजार पाँच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३०, ३१ र ३२ को गरी १० स्थानमा मतगणनामा भइरहेको छ।
वीरगन्ज महानगरको अन्तिम नतीजा असोज १० गते राति सम्म सार्वजनिक गर्ने गरि मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।


पर्साका तीन नगरपालिकामा अलग अलग दलको अग्रता
पर्सा जिल्लाको दोश्रो सदरमुकामका रुपमा रहेको पोखरीया नगरपालिकामा भने नेपाली जनता दलले अग्रता लिएको छ। बुधबार राति पौने ९ बजे सार्वजनिक मतपरिणाम अनुसार मेयरमा जनता दलका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन्। यस्तै दोश्रो स्थानमा फोरम नेपालका उम्मेदवार १०२० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार भने ३३७ मतका साथ दोश्रो स्थानमा छन्। पोखरीया नगरपालिकाको उपमेयरमा भने फोरम नेपालका उम्मेदवार १०२४ मतका साथ अग्रस्थानमा छन्। जनता दलका उम्मेदवार भने ८०१ मतका साथ दोश्रो स्थानमा र ३२५ मतका साथ काँग्रेसका उम्मेदवार छन्।

पर्साकै बहुदरमाई नगरपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ। बुधबार राति साढे ८ बजे सार्वजनिक परिणाम अनुसार, मेयरमा कांग्रेसका उम्मेदवार ८२१ मतका साथ अग्रस्थानमा छन्। फोरम नेपालका उम्मेदवार ६३४ मतका साथ दोश्रो र राजपाका उम्मेदवार ६२६ मतका साथ दोश्रो स्थानमा छन्। उपमेयरमा भने काँग्रेसका उम्मेदवार ८७८ मतका साथ पहिलो स्थानमा, रजपाका उम्मेदवार ६५६ मतका साथ दोश्रो स्थानमा र फोरम नेपालका उम्मेदवार ६१८ मतका साथ तेश्रो स्थानमा छन्।

पर्साको पर्सागढी नगरपालिकामा भने एमालेले अग्रता लिइरहेको छ। बुधबार राति साढे आठ बजे सम्मको परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार २२१३ मतका साथ अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार भने १६८० मतका साथ दोश्रो स्थानमा र फोरम नेपालका उम्मेदवार १०९५ मतका साथ तेश्रो स्थानमा छन्।

पर्सागढी नगरपालिकाको उपमेयरमा भने कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। उपमेयरमा कांग्रेसका उम्मेदवार २१५७७ मतका साथ अगाडि रहदा उनलाइ एमालेका उम्मेदवार १९९८ मतका साथ पछयाइरहेका छन्। तेश्रो स्थानमा भने ७०३ मतका साथ फोरम नेपालका उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.