महोत्तरीमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा

महोत्तरीमा कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा

महोत्तरी: महोत्तरीमा कांग्रेस र राजपा नेपालको कडा प्रतिप्रर्धा चलिरहेको छ। महोत्तरीको १५ स्थानीय निकाय मध्य ५÷५ वटा स्थानीय तहका कांग्रेस र राजपा नेपालको ठक्कर चलिरहेको हो। राति ७ बजे सम्मको अपडेट अनुसार कांग्रेसले औरही, लोहारपट्टी, रामगोपालपुर र एकडारा गरि चार स्थानमा लिड गरिरहेको पाइयो।त्यसैगरि राजपा नेपाले महोत्तरीको महोत्तरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा बिजयी भएको छ।

 

महोत्तरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुनिल कुमार राय २ हजार ७५१ मतसहित विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा पनि राजपाकै उपाध्यक्ष पदकी उम्मेदवार सीतादेवी साह २ हजार ६१९ मतसहित विजयी भएको निर्वाचन अधिकृत रामानन्द अधिकारीले बताए।

राजपा नेपालले महोत्तरीको सबै भन्दा पुरानो नगरपालिका जलेश्वरमा लिड गरिहको छ। राजपाले मटिहानी, सितापुर भंगहा, वलवा, मनरासिस्वा गरि पाँच स्थानमा लिड गरिरहेको हो।

गौशाला र बर्दिबास गरि दुइ स्थानमा माओवादी केन्द्रले लिड गरिरहेको छ। राती ९ बजेपछिको गणना अनुसार बर्दिबासको लिड गरिरहेको कांग्रेसलाई पछी पार्दै माओवादी अघि बढेको हो।

संघीय समाजवादी फोरम नेपालले जिल्लाको सोनमा र सम्सीमा अग्रसरता लिएको छ। पिपरामा नेकपाएमाले अग्रसरता लिएको हो । महोत्तरीको १३८ वडा मध्ये ५७ वडाको नतिजा सार्वजनीक भइसकेको छ।

सबै भन्दा बढी कांग्रेसले महोत्तरीमा यो समाचार तयार पार्दा सम्म २४ स्थानको वडा अध्यक्षमा विजयी हासिल गरिसकेको छ ।राजपा १७ माओवादी १५, नेकपा एमाले ५, स्वतन्त्र २ र राप्रपा १ वडा अध्यक्ष जितेको छ।

महोत्तरीमा १५ प्रमुख, १५ उपप्रमुख, १३८ वडाअध्यक्ष, वडा सदस्य ५५२ गरि ७२० पदको लागिएको निर्वाचनमा ४ हजार २९६ जनाले उमेदवारी दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.