यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता

यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता

काठमाडौं : केन्द्रीय राजनीतिमा हाबी रहेका मुख्य दलका शीर्ष नेता स्थानीय निर्वाचनमा भने आफ्नै गाउँ÷नगरपालिकामा कमजोर देखिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  वडामा कमजोर देखिएका हुन् ।

शीर्ष नेताहरू आफैंले मतदान गरेका वडामा आफ्ना उम्मेदवारलाई जिताउन असफल भएका छन् । केही नेता भने आफ्नो वडामा मात्रै होइन, गाउँ÷नगरकै प्रमुख पदमा समेत पार्टीका उम्मेदवारलाई जिताउन सफल भएका छन् । तर, यस्ता नेता आंशिक मात्रै छन् ।

 

पूर्वप्रधानमन्त्री माधव नेपालको गृहक्षेत्र हो, रौतहट गौर नगरपालिका-२ । त्यहाँको वडामा राजपा उम्मेदवार राकेशकुमार झाले चुनाव जितेका छन् । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतान्तरले पराजित गरे ।

पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका चौधरीको वडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारू ५३५ मत ल्याएर विजयी भए । गाउँपालिका अध्यक्षमा भने एमालेकै हरिनारायण चौधरी विजयी भएका छन् ।

कांग्रेस नेता सरसफाइमन्त्री महेन्द्र यादवले पनि आफ्नो गाउँपालिकाको वडामा पकड जमाउन सकेनन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ३ मा राजपाका तेजुकमार यादव विजयी भएका छन् । उनले कांग्रेसका महानन्द यादवलाई पराजित गरेका हुन् ।

यी नेताले जोगाए वर्चस्व

आफ्नो गाउँ-वडामा हार्ने मात्रै छैनन्, जिताउने नेता पनि छन् । माओवादीका प्रदेश २ का इन्चार्ज मातृका यादव, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डललगायत नेताले भने आफ्नो गाउँ र वडामा पार्टी उम्मेदवारलाई जिताउन सफल भएका छन् ।
माओवादी नेता मातृका यादवको गृहक्षेत्र धनुषा, सर्बेला नगरपालिका- २ हो । मातृकाको वडामा माओवादी केन्द्रले जितेको छ । नगरपालिकामा पनि माओवादीले बलियो पकड बनाएको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यसपटक नै आफ्नो निर्वाचन क्षेत्र रहेको महोत्तरी, बर्दिवास नगरपालिका- ३ मा मोरङबाट मतदाता नामावली सारेर ल्याएका थिए । उक्त वडामा माओवादीकै राजनप्रसाद ढुंगाना विजयी भएका छन् ।

एमाले २ नम्बर प्रदेशका संयोजक हुन्, सत्यनारायण मण्डल । उनी सप्तरीको सप्तकोसी नगरपालिका-११ का मतदाता हुन् । उनको गृहक्षेत्र सप्तकोसी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले उम्मेदवारले जितेका छन् । मण्डलको वडा सप्तकोसी-११ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् ।

प्रभु साहको गृहक्षेत्र रौतहट मौलापुर नगरपालिकामा माओवादीबाट उनकै श्रीमती रिनाकुमारी साह विजयी भएकी छन् । उनले मतदान गरेको मौलापुर-५ मा पनि माओवादीकै उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, माओवादीकी उर्मिला अर्याल, कांग्रेसका फरमुल्लाह मन्सुरलगायतको वडामा भने मतगणना बाँकी नै छ । कांग्रेसको अग्रता कायमै २ नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत ३० तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कांग्रेसले १० तहमा जित हासिल गरेको छ भने एमाले ५ तहमा विजयी भएको छ । त्यस्तै, माओवादी केन्द्र ५ तह र नेपाल लोकतान्त्रिक फोरम २, संघीय समाजवादी फोरम ४ र राजपा ५ तहमा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.