भारतको दवावले सोचेजस्तो परिणाम आएन : राजपा

भारतको दवावले सोचेजस्तो परिणाम आएन : राजपा

काठमाडौं : संविधान संशोधनलगायत मागमा अडान राख्दै अन्तिम समयमा स्थानीय तहको तेस्रो चरण चुनावमा सहभागी भएको राजपाले प्रारम्भिक परिणामलाई ‘सकारात्मक’ भनेको छ । संगठन विस्तार र मधेसको मुद्दा स्थापित गराउन जारी आन्दोलनको एउटा कडीको रूपमा यो निर्वाचनलाई लिएको राजपा नेताहरूले बताएका छन् । अन्तिम समयमा चुनावमा होमिएर पनि प्रदेश २ को एक मात्र महानगर वीरगन्जमा राम्रो स्थान हासिल हुनु र जनकपुर उपमहानगरमा विजयनिकट रहनुलाई उनीहरूले ‘ब्रेक थ्रु’ का रूपमा विश्लेषण गरेका छन् ।

 

‘हामीले संविधान स्विकारेका छैनौं, उपयोग गरिरहेका छौं । त्यसैले हाम्रो चुनावी परिणाम सकारात्मक नै छ’, राजपाका एक शीर्ष नेताले भने, ‘चुनावमा सहभागी हुन भारतको एकोहोरो दबाब र वर्तमान गठबन्धनप्रतिको समर्थनका बाबजुद हामीले सोचेजस्तो परिणाम ल्याउन सकेनौं ।’
यद्यपि, प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका समयमा संसद्को गणितले गर्दा संविधान संशोधन हुन नसकेको भन्दै राजपाको मुद्दालाई बोकिरहेकोमा खुसी लागेको उनीहरूले बताएका छन् ।

वीरगन्जमा राम्रो स्थान हासिल हुनु र जनकपुरमा विजयनिकट रहनुलाई राजपाले ‘ब्रेक थ्रु’ का रूपमा विश्लेषण गरेको छ ।

अध्यक्षमण्डलका ६ जना नेताले यहींबाटै प्रतिनिधित्व गर्ने भएकाले पनि राजपाले प्रदेश २ मा राम्रो नतिजा आउने अपेक्षा गरेको थियो । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रप्रसाद यादव सर्लाही, अनिलकुमार झा रौतहट, राजकिशोर यादव सिरहा र शरत्सिंह भण्डारी महोत्तरीका हुन् । 
यद्यपि, तीन जना शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा उसको प्रारम्भिक परिणाम सन्तोषजनक छैन ।

सरकारसँग सहमति भएको दुई साता नपुग्दै उम्मेदवारी दर्ताका लागि जिल्ला पुग्नुपरेको सम्झँदै नेता अनिलकुमार झाले परिणाम सकारात्मक रहेको प्रतिक्रिया दिए । पार्टीभित्रको विवादका कारण परिणाम प्रभावित भएको उनको भनाइ छ । ‘पार्टी नेतृत्वभित्रको आन्तरिक विवाद पनि केही हदसम्म यो नतिजाको कारण हो ।’

महामन्त्री दिनेशप्रसाद साहले प्रदेश २ को परिणामले प्रदेश र संघीय संसद्को चुनावका लागि राम्रो आधार बनेको बताए । ‘वीरगन्ज महानगर र प्रदेश २ कै राजधानीका रूपमा चिनिएको जनकपुर नगरपालिकामा यस्तो नतिजा आउनु सकारात्मक हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.