महोत्तरीको औरही नगर प्रमुखमा कांग्रेस विजयी
महोत्तरी: महोत्तरीको औरही नगरपालिकाको प्रमुखमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी राजपाका शन्कर यादवले २ हजार ७ सयउ ११ मत प्राप्त गरे। उपप्रमुखमा राजपाकी रेणु झा ३ हजार २ सय ५५ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी निकटम प्रतिद्वन्दी कांग्रेसकी रेणु यादवले २९५९ मत प्राप्त गरिन्।