महोत्तरी रामगोपालपुर नगर प्रमुखमा माओवादी विजयी
महोत्तरी: महोत्तरीको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
माओवादी केन्द्रका मेयर उम्मेदवार अशोक कुमार मण्डलले ३ हजार ९ सय ४४ मत ल्याएर जित हासिल गरेको हो।
यस्तै सोही पार्टीका उपमेयरका उम्मेदवार सीतादेवी शाह २ हजार ८ सय ९१ मत ल्याई विजयी भएको हो।