सर्लाहीको बागमती नगरपालिकामा माओवादी विजयी
मलंगवा: सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापा ७ हजार २ सय ८१ मत ल्याएर मेयर पदमा विजयी भएका छन्।थापाले नेकपा एमालेका बिष्णु पुलामीलाइ २ हजार ९ सय ३८ मतले पछिपार्दै मेयर पदमा विजयी भएका छन्।
नेकपा एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत ल्याएका छन्।त्यसैगरी उप-मेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर विजयी भएकी छिन्।मोक्तानले एमालेका उप–मेयरका उम्मेदावर बिना नेपाललाई १ हजार ६ सय ३३ मतले पछिपर्दै विजयी भएकी छिन् । बिना नेपालले ४ हजार ७ सय ७१ मत ल्याएका छिन्।
नेकपा माओवादी केन्द्रले सर्लाहीमा खाता खोलेको छ। बागमतीका १२ वडा मध्ये नेकपा माओवादी केन्द्रले ९ र नेकपा एमालेले ३ वटा वडामा विजयी प्राप्त गरेका छन्।