सर्लाहीमा एमालेले खाता खोल्यो
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेका मानबहादुर खडका विजयी भएका छन् । मानबहादुर खडका ८ हजार ९ सय ४९ मतका साथ विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इन्द्र योन्जनले ५ हजार ६ सय ३९ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकै शान्ति कुमारी लामा विजयी भएकी छिन् । लामाले ७ हजार ९ सय ३४ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीकी शान्ता उपाध्यायले ५ हजार ५ सय ६१ मत ल्याएकी छिन् ।
यस जितसंगै एमालेले सर्लाहीमा खाता खोलेका छन् । अहिले एमालेले सर्लाहीको हरिवन, हरिपुर र इश्वरपुरमा अग्रता लिइरहेको छ ।