महोत्तरी बर्दिबास नगरपालिकामा माओवादी विजयी
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका उम्मेदवार विदुर कार्की ९१८७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रल्हाद कुमार क्षेत्रीले ८१७० मत पाए।
उपमेयरमा माओवादीकी कृष्णमाया गौतम ८८३५ मत प्राप्त गरी विजयी भइन् । उनकी नकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी महतोले ७०२३ मत प्राप्त गरिन ।