प्रचण्डलाई बाबुरामको चुनौती

प्रचण्डलाई बाबुरामको चुनौती

गोरखा : नयाँशक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा क्षेत्र नं. २ बाट चुनाब लड्ने घोषणा गरेका छन् । शनिबार गृहजिल्ला गोरखा पुगेका डाक्टर भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मंसीर १० गते हुने प्रतिनिधि सभा निर्बाचनमा क्षेत्र नं. २ बाट चुनाब लड्ने घोषणा गरेका हुन् ।


‘म गोरखाको क्षेत्र नं. २ बाट चुनाब लड्ने पार्टीले निर्णय गरेको छ’ उनले भने ‘चुनाबको तयारीका लागि मैले छेपेटारमा संपर्क कार्यालय पनि स्थापना गरिसकेको छु ।’ आफू विकासको विद्यार्थी भएकाले विकास नै जित्ने आधार प्रस्तुत गरे । ‘यसअघि म अर्थमन्त्री र प्रधामन्त्री हुँदा, हिसिलाजी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा यस क्षेत्रमा गरेको विकास निर्माणको काम नै मैले चुनाब जित्ने आधार हो ।’ उनले आबश्यकता हेरी एजेण्डा मिल्ने पार्टीसंग चुनाबी तालमेल गर्नसक्ने पनि बताए । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुरामले उम्मेदवारी घोषणा नगरेर आफनो पार्टीलाई समर्थन गरेको अवस्थामा मात्रै उनीसँग चुनावी तालमेल हुने बताएका थिए ।


डाक्टर भट्टराईले प्रत्यक्ष निर्बाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद अबको शासकीय स्वरुप हुनुपर्ने एजेण्डा पनि प्रस्तुत गरे । ‘प्रत्यक्ष निर्बाचित राष्ट्रपतीय प्रणालीमा गइसकेपछि संसदचाहिँ विधान बनाउने काममा मात्र सीमित हुन्छ’ उनले भने ‘मन्त्री परिषदमा उनीहरु जाँदैनन् । पार्टीगत आधारमा निर्बाचन हुन्छ । समानुपातिक सूचीमा जुन नाम सिफारिस गरिन्छ, आदिवासी, जनजाति, दलित, महिला, मधेशी, मुस्लिम, खस, आर्य, पिछडिएको क्षेत्र भन्ने जुन छ, त्यसकै आधारमा संसदमा प्रतिनिधित्व हुनुपर्छ ।’ यसो भयो भने राष्ट्रिय मूलधारमा सबै क्षेत्रको प्रतिनिधित्व हुने उनले बताए । पूर्ण समानुपातिक संसदले विधि विधान बनाउन पाएमा अहिलेको विकृति विसंगति हट्ने उनले तर्क गरे ।
संसदभन्दा बाहिरबाट राष्ट्रपतीले मन्त्री चयन गर्दा अहिलेको झैं भ्रष्टाचारको अन्त्य हुने उनले विश्वास ब्यक्त गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.