बर्दिबास नगरपालिकामा माओवादीको जित (फोटो फिचर)

बर्दिबास नगरपालिकामा माओवादीको जित (फोटो फिचर)

बर्दिबास: महोत्तरीको बर्दिबास नगरपालिकाको स्थानीय तहको निर्वाचन माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रका बिदुर कार्की ९ हजार १८७ मत ल्याएर मेयरको बाजी आफ्नो पोल्टामा पार्न सफल भएको हो।

 

उपमेयर पदमा पनि माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार ८३५ मत प्राप्त गरेर बिजयी भएकी छिन्।नेपाली कांग्रेसका मेयर पदका उमेदवार प्रह्लाद क्षेत्री भन्दा १ हजार ११७ बढी मत ल्याएर माओवादी केन्द्रका कार्की मेयरमा बिजयी भएको बर्दिबास निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मनिराम न्यौपानेले बताए।

कांग्रेसका मेयर पदका प्रतिद्वन्दी क्षेत्री जम्मा ८ हजार १७० मत प्राप्त गरेका छन्। कांग्रेसका उपमेयर पदकी उमेदवार तारादेवी महतो भन्दा माओवादीकी विजयी उपमेयर गौतमले १ हजार ८१२ मत बढी ल्याएका जित हाँसिल गरेकी हुन्। उपमेयर पदकी प्रतिद्वन्दी महतोले जम्मा ७ हजार २३ मत प्राप्त गरेकी छन्।

बर्दिबास नगरपालिकाको मुख्य पदको चुनाव कसले जित्ने बिषय मुख्य राजनितिक दलका लागि प्रतिष्ठाको सवाल बनेको थियो। बर्दिसबासको चुनावी नतिजा आफ्नो पार्टीको उमेदवारको पक्षमा पार्न प्रधानमन्त्रि तथा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा सहित कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौड्याल लगायत यहाँको चुनावी गतिविधीमा सहभागि भएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रि तथा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल सहितका नेताहरु आफनो पार्टीको पक्षमा चुनावी माहौल बनाउन बर्दिबासमा खटिएका थिए।

राजधानीसंग मधेसको सबै भन्दा नजिक रहेको स्थान बर्दिबास हो। यहाँ जिल्लादेखी केन्द्र सम्म पहुँच राख्ने नेताहरुको दवदवा छ। राजनितिक दलहरुले प्रदेश नम्बर-२ स्तरीय बैठक गर्नु पर्दा बर्दिबास नै रोज्छन्।

बर्दिबास कुनै पनि आन्दोलनमा बन्द हुदैंन।यहाँका राजनितिक दल, व्यपारी, उद्यमी, स्थानीयले बन्द सधैंको लागि दुई बर्ष अघि बन्द घोषणा गरिसकेका छन्।

६ महिने नाका बन्दीमा बर्दिबासले काठमाण्डौंलाई डिजल, पेट्रोल, ग्यास र अक्सिजन पुर्‍याएर गुण लगाएको थियो। प्रदेश स्तरीय कृषि कलेज, मेडिकल कलेज, जयनगर-जनकपुर-बर्दिबास-सिमराको रेल्वे स्टेसनको प्वाइन्ट बर्दिबास भएकोले यहाँको नेतृत्व गर्न राजनितिक दलका केन्द्रीय नेताहरु नै चुनावी मैदानमा आफ्ना उमेदवारका लागि मत माग्न उत्रिरहेका थिए।

पहिचान, पैसा, पावर, समाजिक हैसियतलाई मुख्य प्राथमिकतामा राखेर दलहरुले बर्दिबास नगरपालिकाको विभिन्न पदमा टिकट वितरण गरेका थिए।
दुई पटक संसदीय चुनाव आफ्नै पार्टी भित्रको अन्तरघातले हार बेहोरेका नेपाली कांग्रेस यसपालि बर्दिबासको मेयर र उपमेयर पद पड्काउने दाउमा थिए। तर, यसपालिपनि १ हजार १७ भोट नपुग्दा मेयर र १ हजार ८१२ मत नपुग्दा कांग्रेसले माओवादीलाई मेयर र उपमेयर पद छोड्नु पर्‍यो। निकै कसरत गर्दा पनि कांग्रेसलाई माओवादीले पराजित बनाएको छ।

दुई पटक संसदीय चुनावमा पराजय भोगेको नेकपा एमाले पनि स्थानीय तहको निर्वाचनमा यस पटकपनि मेयर र उमेयरमा जित हाँसिल गर्न सकेनन्।दुई पकट संसदीय निर्वाचन जितेर स्वास्थ्य मन्त्रि तथा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल बर्दिबासलाई कम्निष्टको लाल किल्ला बनाएका थिए।

लालकिल्लालाई उखेल्न कांग्रेस र एमाले तमसिए। तर, कांग्रेस र एमालेलाई मतदाताहरुले मेयर र उपमेयरमा जित्न सक्ने मत भने दिएनन्। माओवालीले बर्दिबासमा तेस्रो पटक पनि लालकिल्लालाई जोगाउन सफल भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.