अव १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी

अव १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी

काठमाडौँ : अहिलेसम्म एक हजार १०५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार
अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।

 

असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट अपराह्न ४ बजे प्राप्त विवरण अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा (माओवादी केन्द्र) १९, राष्ट्रिय जनता पार्टी नेपाल १८, नेकपा एमाले १३, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका एक उम्मेदवार विजयी भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.