पर्साको दुई नगरपालिकामा काँग्रेस विजयी

पर्साको दुई नगरपालिकामा काँग्रेस विजयी

वीरगन्ज: पर्साको तीन वटा नगरपालिका मध्ये दुई वटामा नेपाली काँग्रेसले कब्जा जमाएको छ। अर्को नगरपालिकाको नतीजा भने नेपाल संघीय समाजवादी पार्टीको पोल्टामा परेको छ। पर्साको बहुदरमाइ नगरपालिका र पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा काँग्रेसले जित हात पारेको छ। बहुदरमाइ नगरपालिकाको मेयरमा काँग्रेसका नितेन्द्र कुमार साह ३४६१ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी राजपाका शीव पटेलले २४१८ मत मात्रै प्राप्त गरे।

 

उपमेयरमा पनि काँग्रेसकै गायत्री देवी यादव ३८१८ मात्रै प्राप्त गरि निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी राजपाकी सुनिता साहले भने ३०३१ मत मात्रै प्राप्त गरिन्।

९ वटा वडा रहेको बहुदरमाइ नगरपालिकाको तीन वटा वडा ३ , ७ र ९मा काँग्रेसले , दुई वटा पडा १ र ८ मा राजपाले , वडा नम्बर ५ र ६ मा एमालेले र वडा नम्बर २ र ४ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

पर्सागढी नगरपालिकाको मेयरमा पनि काँग्रेस काँग्रेसका लोक नरायण यादव ६७ मत अन्तरले विजयी भएका हुन्।उनले ३९६५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण पाठकले ३८९८ मत ल्याए।पर्सागढी नगरपालिकाको उपमेयरमा काँग्रेसकै अर्चना चौधरी ४५६९ ल्याएर विजयी भएकी छन्।

उनले ४५६९ मत ल्याँउँदा निकटतम प्रतिद्वन्दी एमालेकी कालिदेवि थरुनीले ३६५० मत ल्याइन्। ९ वटा वडा रहेको पर्सागढी नगरपालिकाको अधिकांश वडामा काँग्रेसले जित हात पारेको छ।काँग्रेसले ५ तथा फोरम नेपाल र एमालेले २÷२ वटा वडामा जीत हात पारेका हुन्।

पर्सागढी नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका तुलाराम महतो , वडा नम्बर २ मा काँग्रेसकै वेदमन दास थारु, वडा नंबर ३ मा एमालेका उद्धव उप्रेती, वडा नम्बर ४ मा काँग्रेसका समसुद्धिन देवान, वडा नम्बर ५ मा फोरम नेपालका असलम आलम, वडा नंबर ६ मा काँग्रेसका किशोरी यादव, वडा नंबर ७ मा फोरम नेपालका रामजी साह, वडा नंबर ८ मा काँग्रेसका किशुनदेव यादव र वडा नंबर ९ मा एमालेका राम नारायण गौरो विजयी भएका हुन्।

पोखरीया नगरपालिकाको मेयरमा भने नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार दिप नारायण रौनीयार विजयी भएका छन्।उपमेयरमा भने फोरम नेपालकी सलमा खातुन विजयी भएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.