वीरगन्ज महानगर: कांग्रेसलाई फोरम नेपालले उछिन्यो

वीरगन्ज  महानगर: कांग्रेसलाई फोरम नेपालले उछिन्यो

वीरगन्ज: तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक त्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेसलाइ उछिन्दै अग्रता लिन सफल भएको छ। मतगणना शुरु भएको मंगलवार देखि नै मेयरमा अग्रता लिइरहेको काँग्रेसलाइ शनिवार साँझ साढे ६ बजे देखि भने मेयरमा फोरम नेपालले अग्रता लिएको छ।

 

शनिवार साँझ साढे ६ बजे सम्म ३८५१३ मत गनि सक्दा मेयरमा फोरम नेपालका विजय सरावगी काँग्रेसका अजय द्धिवेदी भन्दा ७२ मतले अगाडि भएका छन्। सरावगीले ८४१० मत प्राप्त गरेका छन् भने द्धिवेदीले ८३३८ मत पाएका छन्।तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ६१४३ मत छ। नेकपा एमालेका बसरुद्धिन अन्सारी ४१३५ मतका साथ चौथो स्थानमा छन्।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ४०३४ मतका साथ पाचौ स्थानमा छन्। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ३२०८ मतका साथ छैठौं स्थानमा छन्।

वीरगन्ज महानगरपालिकाको उपमेयरमा अग्रता कायम राखेको नेपाली काँग्रेसले फोरम नेपालसंगको मतान्तर भने फराकिलो बनाउदै लगेको छ। उपमेयरमा काँग्रेसकी शान्ति कार्की ९६४५ मतका साथ अगाडि छिन्।

यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव ८०१५ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ५२८० मतका साथ तेश्रो स्थानमा छिन्। उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ५०३२ मतका साथ चौथो स्थानमा, माओवादी केन्द्रकी दुर्गा क्षेत्री २७५८ मतका साथ पाचौ स्थानमा र लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव २५०४ मतका साथ छैठौ स्थानमा छिन्।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १ , २ , ३ , ४, ५ ,९, २८ , २९, ३० , ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता , वडा नम्बर २ मा फोरम नेपालका अब्बास मिया , वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार , वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानू , वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया विजयी भएका छन्।

वडा नम्बर ९मा फोरम नेपालका मनोज कलवार वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी , वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी , वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी , वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी हुनु भएको छ।अहिले वडा नम्बर ६ , ७ , ८ , १० , २३ , २४ , २५ , २६ र २७ को मतगणना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.