महोत्तरीका १५ वटै तहको मतगणना सकियो कुनमा को विजयी ?
बर्दिबास : महोत्तरीको १५ वटै तहको मतगणना सकिएको छ । निर्वाचन सकिएको ६ दिनपछि महोत्तरीको सबै स्थानीय तहको मतगना सकिएको हो । महोत्तरीको १५ वटा स्थानीय तह मध्ये राजपा नेपालले सबै भन्दाबढी ७ वटा तहमा जित हासिल गरेको छ ।
माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा बाजी मार्न सफल भएको हो । नेपाली कांग्रेस ३ तह जितेको छ भने संघीय समाजवादी फोरम नेपाल १ स्थानमा बिजयी भएको छ ।
नेकपा एमालेले भने महोत्तरीमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख कुनैपनि पदमा जित हात पार्न सकेन्। महोत्तरी २ असोजमा भएको प्रदेश २ को निर्वाचन अन्तर्गत सबै तहको नजिता निकाल्ने पहिलो जिल्ला समेत बनेको छ ।