सर्लाहीका १९ तहको मतगणना सकियो

सर्लाहीका १९ तहको मतगणना सकियो

मलंगवा : सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका बरहथवामा माओवादी केन्द्रका देवानन्द महतो विजयी भएका छन् । ७ हजार ३ सय ८ मत ल्याएर महतो विजय भएका छन् । महतो नेपाली काँग्रेसका निरन्जन प्रसाद दासलाई २ हजार २ सय ८१ मतले पछिपार्दै विजय भएका हुन् । दासले ५ हजार २७ मत ल्याएका थिए ।

उपमेयरमा माओवादी केन्द्रकै सीता माझी ६ हजार ४ सय ९९ मत ल्याएर विजयी भएकी छिन् । उनले नेपाली काँग्रेसकी चालिसेलाई १ हजार १ सय ९ मतले पराजित गर्दै विजयी भएकी हुन् । चालिसेले ५ हजार ३ सय ९० मत ल्याएकी थिइन् । 

 

त्यसैगरीे इश्वरपुर नगरपालिकामा एमालेका मनोज देवकोटा विजयी भएका छन् । देवकोटा ६ हजार ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जय प्रकाश चौधरीले ४ हजार ८ सय ३५ मत ल्याएका छन् । उपमेयरमा एमालेकै अनिता देवी चौधरी विजयी भएकी छिन् । चौधरीले ६ हजार ७ सय ७८ मत ल्याएकी छिन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माोवादीकी माया स्याङ्गवाले ४ हजार ५ सय ५ मत ल्याएकी छिन् ।

सर्लाहीको हरिपुर नगरपालिकामा एमालेका जमरुदिन मन्सुर विजयी भएका छन् । मन्सुरले ३ हजार ८ सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय नारायण चौधरी ३ हजार ५ सय ७५ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा एमालेकै रेणुका देवी काफ्ले ३ हजार ८ सय ५८ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसकी पानो देवी साहले ३ हजार ३ सय २५ मत ल्याएकी थिइन्।

२० स्थानीय निकाय रहेको सर्लाहीमा १९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जस मध्ये रापजा–५, कांग्रेस–५, एमाले–४। माओवादी–३, संघीय समाजवादी फोरम–१ र लोकतान्त्रिक फोरम–१ साथानमा विजी भएका छन् । कविलासी नगरपालिकामा मतगणना जारी रहेको र केही घण्टामा मतपरिणाम आउने देखिएको छ । यस नगरपामा राजपा र संघीय फोरमको तीब्र प्रतिस्पर्धा रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.