यस्तो छ रौतहटका १६ तहको परिणाम, दुर्इको मतगणना हुँदै
रौतहट : १८ स्थानीय तह रहेको रौतहटमा दुईवटा नगरपालिकाको मात्रै परिणाम आउन बाँकी रहेको छ ।रौतहटको १८ स्थानीय तह मध्ये शनिवार साझ नै १६ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसेको छ ।
मतगाणना बाँकी रहेका मध्ये गरुडा नगरपालिकामा संघीय समाजवादी फोरम र कटहरीया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु अगाडी रहेका छन ।कटहरीया नगरपालिकामा माओवादी केन्द्रका उम्म्मेदवार शियाराम कुश्वाहले ३३६० र नेपाली काग्रेसका अजय प्रकाशले २२७० मत प्राप्त गरेका छन् । कटहरीया नगरपालिकाको ९ नम्वर वडाको मत गणना हुन बाकी छ त्यस वडामा करीव एक हजार मत रहेको छ ।
गरुडा नगरपालिकामा संघिय समाजवादी फोरम नेपालका इनु राय यादव अगाडी रहेका छन । उन्ले आइतवार बिहान सम्म ३०२६ र नेपाली काग्रेसका सुनिल कुमार यादवले २४८१ मत पाएका छन । रौतहटमा नेपाली काग्रेस-८, माओवादी-२, संघीय समाजवादी फोरम-३, नेपाल लोकतान्त्रिक फोरम-१ , राजपा-२ स्थानीय तहमा विजयी भएका छन् ।