२० वडाको पुन मतगणना हुँदा जनकपुरको परिणाम घोषणा भएन

२० वडाको पुन मतगणना हुँदा जनकपुरको परिणाम घोषणा भएन

जनकपुरधाम : प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल मेयर पदमा दोब्बर मतले विजय निश्चित भएको छ । २५ वटा वडा रहेको उपमहानगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ ।

 

हालसम्मको मतगणना परिणाम अनुसार राजपा नेपालका मेयर पदका उम्मेदवार लालकिशोर साहले २१२७७ मत प्राप्त गरेका छन् भने उपमेयरमा राजपाकी रीता झाले १६६१७ मत पाएका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनोज साहले १०६३९ र उपमेयरमा निलम कर्णले १०१०९ मत प्राप्त गरेका छन् ।

मेयर उपमेयरमा राजपा विजयी भएको सार्वजनिक भएपनि उपमहानगरपालिकाको २० नम्बर वडाको मतगणनामा मत नमिलेपछि पुनं मतगणना भइरहेकोले अधिकारिक घोषणा हुन नसकेको हो । 

राजपाको जित संगै उपमहानगरपालिकामा हाल कार्यकर्ताहरु निकै उत्साहित भएका छन् । मतगणना स्थलभरी रंगअबिर उडाउंदै राजपा कार्यकर्ताहरुले खुशियाली मनाइराखेका छन् । मेयरमा विजयी भएका साहले यसअघि जनकपुर नगरपालिकाको उपमेयर पद सम्हाली सकेका छन् । 
धनुषाको १८ तह मध्ये १७ तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.